Looking For Anything Specific?

Header Ads

कोरोना त्रासको बीच अमेरिकाको होटलमा नेपालीले गरे लगानी

अमेरिका । कोरोना भाइरसको संक्रमणले विश्व अर्थतन्त्र प्रभावित भइरहेको बेला अमेरिकाको टेक्ससमा भने नेपालीहरुले होटलमा लगानी गरेका छन् ।

कर्नेश सिटीस्थित लाकुन्ता इन एण्ड सुईट्स होटल यसै साता नेपाली व्यवसायीले खरिद गरेका हुन् । ६९ कोठाको उक्त होेटल तेल उत्पादन गर्ने मुख्य क्षेत्रमा पर्दछ ।

‘लगानी विस्तार गर्ने क्रममा हामीले तेल व्यवसायका कारण आर्थिक कृयाकलाप विस्तार भइरहेको कर्नेस सिटीको यो होटलमा लगानी गरेका छौं,’ व्यवसायी विकल ढकालले भने । ढकालले यसअघि टेक्सास डलासमा स्टोर लगायतमा लगानी गर्दै आएका थिए ।

अर्का व्यवसायी विकासराज न्यौपाने होटलका साझेदार हुन् । न्यौपानेका अनुसार उक्त होटलमा करिब ७० लाख अमेरिकी डलर लगानी भएको छ ।

लाकुन्ता होटल फ्रन्चाइजी हो । अमेरिकामा यस ब्राण्डका सयौं होटलहरु छन् । सन् २०१६ बाट व्यवसाय शुरु गरेको उक्त होटल कर्नेश सिटी, करपस क्रिष्टी र सनएन्टीनोको बीचमा पर्दछ ।

टेक्ससको समुन्द्र भएको शहर करपस क्रिष्टी र सनएन्टीनो घुम्न आउने पर्यटकका लागि पनि यो होटल बसाइँका लागि उपयुक्त हने बताइन्छ ।

कोरोना भाइरसको संक्रमणले व्यवसाय केही सुस्त देखिए पनि यो लगानी गर्ने उपयुक्त समय पनि भएको ढकाल बताउँछन् । व्यवसाय गर्दा जोखिम लिन सक्नुपर्ने बताउँदै ढकाल भन्छन्, ‘वित्तीय तथ्यांकहरु राम्रोसँग विश्लेषण गरेका कारण हामीले त्यस्तो नोक्सानी हुने सम्भावना देखेका छैनौं ।’

‘राम्रो समय त आइहाल्छ, यसका लागि हामीले तयारी गर्दैछौं,’ उनले भने, ‘यो हाम्रो नयाँ शुरुआत हो, तर यो क्रम यहीँ रोकिने भन्ने छैन,’ ढकालले भने, ‘हामी अझै नयाँ होटल लगायत व्यवसाय थप्ने क्रममा छौं ।’

यो लगानीसँगै आफूले व्यवसाय पनि विविधीकरण गरेको उनले बताए । होटलको वित्तीय विवरण, अकुपेन्सी लगायत आम्दानी राम्रो रहेको उनले बताए ।



source https://www.onlinekhabar.com/2020/03/846077

Post a Comment

0 Comments