Looking For Anything Specific?

Header Ads

नेपाल र्‍याफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ टिम राष्ट्रिय च्याम्पियन

२३ फागुन, काठमाडौं । नेपाल र्‍याफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ चौथो राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भएको छ ।

सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशीमा भएको प्रतियोगितामा कुल १ हजार पूर्णाङकमा ९५१ अंकका साथ नेपाल र्‍याफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ प्रथम भएको प्रतियोगिता संयोजक एवं संघका महासचिव सुदीप गौतमले जानकारी गराए ।

तीन दिनसम्म सन्चालित प्रतियोगितामा क्याप्टेन सुरज गुरुङ्ग, खेलाडीहरु सविन गुरुङ्ग, दिपेश गुरुङ्ग, शक्ति गुरुङ्ग र रविल मिया सम्मिलित फिस्लिड ‘ए’ टिमले स्प्रिन्टमा प्रथम भई १०० अंक, हेड टु हेड विधामा प्रथम भई २०० अंक, स्लालम विधामा प्रथम भई ३५० अंक तथा डाउन रिभर रेश विधामा तेश्रो भई ३०१ अंक ल्याई कुल ९५१ अंकका साथ पहिलो भएको हो ।

प्रतियोगितामा काठमाडौंको नेपाल कायक क्लब स्प्रिन्ट र हेड टु हेड विधामा दोश्रो, स्लालम विधामा चौथो तथा डाउन रिभर रेश विधामा पहिलो भई क्रमशः ९२, १८४, २८७ तथा ३५० अंंक गरि कुल ९१३ अंकका साथ दोश्रो भयो । कुल ८७६ अंक प्राप्त गरेको कास्किको प्याडल नेपाल टिम तेश्रो भयो ।

टिममा ५ खेलाडी रहने र्‍यापिड खेलमा प्रथम हुने नेपाल र्‍याफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ टिमले नगद ४० हजार, दोश्रो हुने नेपाल कायक क्लबले २५ हजार तथा तेश्रो हुने प्याडल नेपाल टिमले १५ हजार नगद तथा पदक प्राप्त गरे ।

यस्तै नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघद्वारा आयोजना गरिएको आठौं राष्ट्रिय कायक स्लालम प्रतियोगितामा चितवनका मोहन राना ११४.१० अंकका साथ प्रथम भए । रानाले नगद १५ हजार तथा पदक प्राप्त गरे ।

दोश्रो भएका उदयपुरका डम्बर बहादुर पुर्वाछानेले ११९.६७ अंक प्राप्त गरे । उनले नगद १० हजार तथा पदक प्राप्त गरे । तेश्रो स्थानमा धादिडका रन्जन कडेल रहे । उनले १२१.५२ अंक प्राप्त गरे । कँडेलले नगद ५ हजार तथा पदक प्राप्त गरे ।

आठौं पर्वतीय खेलकुद महोत्सव अन्तरगत आयोजित आठौं राष्ट्रिय कायक स्लालम प्रतियोगितामा ३० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।



source https://www.onlinekhabar.com/2020/03/842071

Post a Comment

0 Comments