Looking For Anything Specific?

Header Ads

बन्द भयो धनगढीको त्रिनगर कृषि हाटबजार

९ चैत्र कैलाली । विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरसका कारण धनगढीको त्रिनगर कृषि उपज हाटबजार बन्द भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन आइतबारदेखि हाटबजार बन्द गरिएको त्रिनगर कृषि उपज हाटबजार व्यवस्थापन समितिका अध्यक्ष भवानीसिंह चैसिरले बताए ।

प्रत्येक साताको आइतबार, मङ्गलबार र शुक्रबार कृषि बजार लाग्ने गरेको छ । करिब २५० किसानहरूले आˆनो उत्पादन बेच्ने र ५ हजारदेखि १० हजारसम्म उपभोक्ता खरिद गर्न आउने हाटबजार आइतबारदेखि बन्द भएको हो ।

‘दशौँ हजार उपभोक्ताको भिडभाड हुने र संक्रमण फैलने खतरा देखिएपछि नगरपालिकासँग समन्वय गरेर हामीले हाट बजार बन्द गर्ने निर्णय गरेका हौं,’ उनले भने, ‘समस्या समाधान नहुँदासम्म बजार बन्द हुन्छ ।’

त्रिनगर कृषि उपज हाटबजार अनिश्चितकालीनका लागि बन्द भएपछि तरकारी तथा फलफूलको मूल्य वृद्धि हुने उपभोक्ताको आशंका छ ।

स्थानीय प्रशासनले भने अभाव सिर्जना हुन नदिने र कालोबजारी गर्नेलाई समेत कारबाही गर्ने चेतावनी दिएको छ ।



source https://www.onlinekhabar.com/2020/03/846264

Post a Comment

0 Comments