Looking For Anything Specific?

Header Ads

साउन ३० मा आउने भयो ‘पानी फोटो’

खगेन्द्र लामिछानेको निर्देशनमा तयार भएको चलचित्र ‘पानी फोटो’ले रिलिज मिति पक्का गरेको छ । निर्देशक लामिछानेका अनुसार चलचित्रले साउन ३० गतेलाई रिलिज मिति तय गरेको छ ।

अभिनेताको रुपमा आफूलाई बलियो सावित गरेका खगेन्द्र लेखकको रुपमा पनि स्थापित छन् । निर्देशकिय रुपमा भने उनको ‘पानी फोटो’ डेब्यु चलचित्र हो । त्यसैले पनि यस चलचित्रलाई आशातित चलचित्रको रुपमा हेरिएको छ ।

निर्देशक लामिछानेले नै लेखेको पुस्तक ‘पानी फोटो’लाई चलचित्रको रुप दिइएको यस चलचित्रमा खगेन्द्रसँगै सुनिल पोखरेल, निशा शर्मा पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, वुद्दि तामाङ, कमलमणी नेपाल, आशान्त शर्मा, श्यामकुमार खड्का मल्लिका महत लगायतको अभिनय रहेको छ ।

चलचित्रले १५ वर्ष अगाडि वेपत्ता भएको सन्तानको पर्खाईमा रहेका बुबाआमाको कथालाई प्रस्तुत गर्नेछ । दीपक बज्रचार्यले खिचेको चलचित्रलाई निमेश श्रेष्ठ र अर्जुन कार्कीले सम्पादन गर्नेछन् ।



source https://www.onlinekhabar.com/2020/03/841799

Post a Comment

0 Comments