Looking For Anything Specific?

Header Ads

चट्याङ लागेर जाजरकोटमा २३३ भेडा मरे

१७ भदौ, जाजरकोट । चट्याङ लागेर जाजरकोटमा २३३ भेडा मरेका छन् ।

कुशे गाउँपालिकाको पाटनमा शनिबारको हावाहुरीसँगै परेको चट्याङ लागेर २३३ भेडा मरेका हुन् । २५२ भेडा भने हराइरहेको कुशे गाउँपालिका–८, कफल्लाका दुर्गाबहादुर रोकायले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चट्याङले धेरै भेडा मरेपछि कुशेका किसान चिन्तित बनेका छन् । यहाँका किसानको आम्दानीको प्रमुख स्रोत भेडा पालन व्यवसाय हो । कुशे गाउँपालिकाका किसान, व्यावसायिक रूपमा भेडा पालेर जीविका चलाउँदै आएका छन् । भेडा मरेपछि परिवारको घरखर्च चलाउन समस्या हुने स्थानीयवासीको भनाइ छ ।



source https://www.onlinekhabar.com/2019/09/793138

Post a Comment

0 Comments