Looking For Anything Specific?

Header Ads

केएमसी अस्पतालमा खगित्राले जन्माइन् एकैपटक ३ छोरा र एक छोरी !

८ असोज, काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)मा एक महिलाले एकैपटक चार शिशु  जन्म दिएकी छन् । २७ वर्षीया खगित्रा शाहीले एकैपटक चारजना शिशुहरूलाई जन्म दिएको अस्पतालले पुष्टि गरेको छ ।

चार मध्ये तीनजना छोरा र एकजना छोरी रहेका छन् ।  चम्ल्याहा बच्चाहरु मध्ये तीन जना स्वस्थ्व रहेको अस्पतालले बताएको छ। यसरी चम्ल्यहा बच्चा हुनु दुर्लभ घटना भएको समेत अस्पतालले जनाएको छ ।

अस्पतालकी प्रसुती रोग विशेषज्ञ चन्दा कार्कीका अनुसार आठ महिनाको गर्भपछि शल्यक्रियामार्फत् ती शिशुलाई जन्माइएको हो।

आज (बुधबार) शल्यक्रियामार्फत जन्माइएको चार मध्ये एक जना शिशुको अवस्था भने अस्थिर देखिएको कार्कीले बताइन्। भनिन्, ‘यो अत्यन्तै दुर्लभ घटना हो। हामी यस्तो केशमा सफल पनि भयौँ।’

यो पनि पढ्नुहोस पर्साकी नाजमाले जन्माइन् एकैपटक ३ छोरी र एक छोरा यो पनि पढ्नुहोस दार्चुलामा एक महिलाले जन्माइन् तीन छोरी, आमा र शिशुको अवस्था जोखिममा  

source https://www.onlinekhabar.com/2019/09/799223

Post a Comment

0 Comments