४ असोज, काठमाडौं । जुड बेलिङहमले इन्जुरी टाइममा गरेको गोलमा रियल मड्रिडले युनियन बर्लिनलाई १-० ले हराएर युरोपियन च्याम्पियन्स लिग २०२३-२४ मा विजयी सुरुआत गरेको छ ।
तर, समूह सी मा रियलले जर्मन क्लब युनियन बर्लिनविरुद्ध तीन अंक जोड्न निकै संघर्ष गर्नुपर्यो । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेल रियललाई निर्धारित ९० मिनेटमा युनियल बर्लिनले गोलरहित बराबरीमा रोकेको थियो ।
थप गरिएको पाँच मिनेटको इन्जुरी टाइमको चौथो मिनेटमा बेलिङहमले गोल गर्दै रियललाई अग्रता दिलाए र त्यही गोल निर्णायक बन्यो ।
समूह सी कै अर्को खेलमा इटालियन क्लब नापोलीले ब्रागालाई २-१ ले हराएर ३ अंक जोडेको छ ।
source https://www.onlinekhabar.com/2023/09/1368759
0 Comments