Looking For Anything Specific?

Header Ads

गुल्मीका पत्रकार ज्ञवालीको निधन

२० साउन, गुल्मी । गुल्मीका पत्रकार कृष्ण ज्ञवाली (अञ्जान) को निधन भएको छ ।

रुरु क्षेत्र गाउँपालिका-१ निवासी ज्ञवालीको ५५ वर्षको उमेरमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा शुक्रबार बेलुकी उपचारको क्रममा निधन भएको हो ।

केही दिनयता बिरामी परेका ज्ञवाली उपचारको लागि बुटवल गएका थिए ।बुटवलमा उपचार गराएर थप उपचारको लागि काठमाडौं जाने सल्लाह भए पनि बुटवलमा उपचारको क्रममा निधन भएको रुरुका स्थानीय प्रेम भण्डारीले बताए ।

गुल्मीबाट पत्रकारिता सुरु गरेका ज्ञवाली धेरै वर्ष पोखरामा रहेर विभिन्न सञ्चार माध्यममा काम गरेका थिए  । उनी पुनः गुल्मी फर्केर केही वर्षयता ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका थिए ।

उनी रुरुस्थित घरमा एक्लै बस्दै आएका थिए । उनकझ परिवार भने पोखरामा छ ।



source https://www.onlinekhabar.com/2023/08/1346327

Post a Comment

0 Comments