Looking For Anything Specific?

Header Ads

ओपेनहाइमरमाथि बलात्, परिणाम परमाणु बम !

गएको २१ जुलाईका दिन क्रिस्टोफर नोलनको प्रतीक्षारत चलचित्र ‘ओपेनहाइमर’ सार्वजनिक भयो । परमाणु बमका जन्मदाता रोबोट जे. ओपेनहाइमर भौतिकशास्त्रको प्राध्यापक भएदेखि लोस एलामसको प्रयोगशालाको निर्देशक हुँदै परमाणु बम बनाउँदासम्मको जीवन अवधिलाई यस चलचित्रमा समेटिएको छ ।

दोस्रो विश्वयुद्धमा जर्मन गठबन्धन विरुद्ध बनेको गठबन्धनमध्येको एक अमेरिकाले ‘नयाँ विश्व बनाउने सपना’ पूरा गर्ने एउटा मात्र उपाय परमाणु बमको आविष्कार र विस्फोटलाई बनाएको थियो । उसको त्यो विनाशक सपना ओपेनहाइमरले पूरा गरिदिएका थिए । अमेरिकालाई सबैभन्दा शक्तिशाली साम्राज्यवादी देश बनाउनमा ओपेनहाइमरको परमाणु बमको आविष्कार र जापानको हिरोसिमा र नागासाकीमाथिको प्रहारले मुख्य भूमिका मात्र खेलेन कि त्यसपछिका सबैजसो वैज्ञानिक प्रयोग, आविष्कार र मुख्य रूपमा सूचनाप्रविधिमाथिको एकलौटी कब्जा हुन पुगेको थियो ।

चलचित्रको कथावस्तु

अमेरिकालाई महाशक्तिमा दर्ज गर्न विशेष भूमिका खेलेका तिनै ओपेनहाइमरको सन् १९४१ देखि १९४५ सम्मको जीवन अवधिलाई आधार मानेर तयार पारिएको चलचित्र हो ओपेनहाइमर । चलचित्रको सुरुमा ‘प्रोमिथसले भगवानबाट आगो चोरेर मान्छेलाई दिएका कारण उसले चट्टानमा बाँधेर अनन्तकालको लागि यातना दियो’ सुनिन्छ ।

त्यसपछि भयानक विस्फोटको आवाज सहित तीव्र विकिरण, उच्च ताप, तेज प्रकाशको भान हुने दृश्य देखा पर्दछ । केही समयमा नै नेपथ्यमा आवाज आउँछ- रोबोट, रोबोट र रोबोट । उक्त आवाजले आँखा चिम्लिरहेको एक दुब्लो पातलो मान्छे अनिच्छापूर्वक आँखा खोल्दछ । उसको मुखबाट आवाज निस्कन्छ- योर अनर ।

रंगीन पर्दा एकाएक श्यामश्वेतमा बदलिन्छ । सोध्नेहरू मध्येको एक जनाले हामी न्यायाधीश होइनौं भन्दछन् । उनीसँग बमका बारेमा सोधिन्छ । ओपेनहाइमरले बम बनाउँदा अमेरिकाको सुरक्षाका लागि कत्तिको असर पर्दछ भनेर सोधिएको हुन्छ । यो उनीमाथिको छानबिन उनको विगतलाई लिएर गरिएको हुन्छ ।

पहिलो कुरा ओपेनहाइमर एक जना यहुदी हुन्छन् । दोस्रो उनी अमेरिकी कम्युनिस्ट पार्टीको समर्थक हुन्छन् । अमेरिकाबाट प्रकाशित हुने पिपल्स वल्र्ड नामक पत्रिकाका नियमित पाठक हुन्छन् । तेस्रो कुरा उनको सम्बन्धमा रहेका दुईवटा महिलाहरू जीन ट्याटकल र क्याथेरिन (किटी) दुवै कम्युनिस्ट पार्टीका सदस्य रहेका हुन्छन् । चौथो कुरा कम्युनिस्टहरूले सञ्चालन गरेको बेर्केले (बहस)मा सहभागी हुने गरेका हुन्छन् । ओपेनहाइमरसँगको सोधपुछ र अनुसन्धानको प्रक्रिया लामो समयसम्म चलिराख्दछ ।

एउटा वैज्ञानिकको जीवनको छोटो अवधिलाई ७८ वर्षपछि देखाउँदा तत्कालीन विश्व राजनीति, हतियारको होड, विश्व साम्राज्यमा फैलाउन अपनाइएका तिकडम, जर्मन र जापानी साम्राज्यवादका विरुद्ध बनाइएको गठबन्धनको बेवास्ताले अहिले आएर वर्तमान विश्वमा भएको आणविक हतियार उत्पादनको प्रतिस्पर्धा भइराखेको छ, त्यसको जड अमेरिका हो भनेर बुझ्न सहज बनाइदिएको छ

यही क्रममा ओपेनहाइमरलाई १९४१ म्यानहाटन प्रोजेक्टमा अनुबन्धन गरिन्छ र न्यु मेक्सिकोमा रहेको लोस अलामोस प्रयोगशालाको निर्देशकमा नियुक्ति गरिन्छ । त्यहीं बसेर ओपेनहाइमरको टिमले ˆयुजनको विधिद्वारा परमाणु बमको आविष्कार गर्दछन् । अमेरिकी सेनाको कडा सुरक्षा र घेराबन्दीमा उनका श्रीमती, छोराछोरीलाई असुविधाजनक घरमा राखिन्छ ।

त्यहाँ ओपेनहाइमरको टीमले पहिला साना-साना नमूना बम बनाएर परीक्षण गर्दछ । उनीहरू सफल हुन्छन् । १६ जुलाई १९४५ मा उनीहरूले ठूलो परीक्षण गर्दछन् । उक्त परीक्षणपछि ओपेनहाइमरलाई सम्मान गरिन्छ ।

हृयारी एस. ट्रुम्यानले ओपेनहाइमरलाई भेट्न बोलाउँदछन् । उक्त भेटघाटमा आफूले बनाएको बमप्रति पछुतो गर्दछन् । उनले भन्दछन् ‘राष्ट्रपति महोदय, मलाई आफ्नो हात रगतले रंगिएको जस्तो लागिरहेको छ ।’

अमेरिकाको संघीय जाँच ब्यूरोको उनीमाथि गरेको कम्युनिस्ट हो कि होइन भन्ने अनुसन्धानबाट मुक्त हुन पुग्दछन् । उनले बनाएको परमाणु बमले हिरोसिमा र नागासाकीमा गरी १ लाख ७० हजार निहत्था जापानीको ज्यान गएको समाचार आउँछ । अमेरिकी प्रशासकहरूले जापानले ७ डिसेम्बर १९४१ मा पर्ल हार्बरमाथि भएको आक्रमणको बदला लिएको भन्ने भाष्य तयार पार्दछ । जापानमाथिको अमेरिकी आक्रमणलाई सही ठहर्‍याउँदछ ।

तर ओपेनहाइमरको दिमागमा टि्रनिटी कोड नाम दिइएको, १०० फिट अग्लो टावरमा राखेर विस्फोट गराइएको र १८.६ किलोमिटरसम्म जबर्जस्त प्रभाव पारेको बमको त्रास थियो । टावर, घाँस र बालुवालाई पूरै वाष्पीकरण गरिदिएको थियो । मेक्सिकोको मरुभूमिका गरिएको उक्त परीक्षणको त्यो भयानक दृश्य उनको दिमागमा त्रासको रूपमा बसेको थियो ।

केही रोचक दृश्य

चलचित्रको २५औं मिनेटमा ओपेनहाइमर र उनकी प्रेमिका जीन ट्याटकलका बीचमा शारीरिक सम्बन्ध भएको देखाइएको छ । ओपेनहाइमरको टेबुलमा भगवद्गीता हुन्छ । संस्कृत भाषामा लेखिएको उक्त गीतालाई हातमा लिएर यो के हो भनेर प्रश्न गर्दछिन् । उनले संस्कृतमा लेखिएको गीता भन्दछन् ।

चलचित्रमा देखाइएको यो दृश्यलाई लिएर भारतीय सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले ‘भगवद्गीतालाई किन पूजनीय बनाइएन ?’ भन्ने प्रश्न उठाएका छन् । यस्तो प्रश्न उठाउनुको अर्को कारण हिन्दु धर्मभीरुहरूले भन्दै आएको जस्तो परमाणु बमको परीक्षण हुँदै गर्दा ओपेनहाइमरले गीता पढिरहेका थिए भन्ने भनाइमा आधारित कुनै दृश्य र संवाद छैन ।

त्यसैगरी भारतमा भगवद्गीतालाई शारीरिक सम्बन्धका समयमा देखाउनु अपराध भएको भन्ने आवाज उठाइएकोले उक्त चलचित्रले भारतमा त्यति राम्रो व्यापार गर्न सकेको छैन ।

अर्को रोचक दृश्य भनेको ट्रिनिटीको सफल परीक्षणपछि राष्ट्रपति ट्रुम्यानसँग भएको संवाद हो । ओपेनहाइमर भेट्न जाँदा बसिरहेका राष्ट्रपति कुर्सीबाट उठ्छन् र उनी भएतिर आएर हात मिलाउँदै प्रश्न गर्छन्, ‘तपाईं विश्वको चर्चित मान्छे बन्दा कस्तो लागेको छ ?’

चलचित्रमा अभिनय, प्रस्तुति, कला, विषयवस्तु एकदमै माझिएको छ । दृश्यभन्दा संवादहरू धेरै रहेका छन् । धेरै संवाद ओपेनहाइमर कम्युनिस्ट हो कि होइन भन्नेमा खर्चिएको छ

त्यहाँ पहिलादेखि नै जिम बसिराखेका हुन्छन् ।

राष्ट्रपति, ‘तपाईंको आविष्कारले केटाहरूलाई ल्याउन अनुमति दिनेछ ।’

ओपेनहाइमर, ‘मैले बडो मुश्किलले आविष्कार गरें ।’

राष्ट्रपति, ‘राम्रो, तपाईंले समयमा नै भ्याउनुभयो ।’

जिमले भन्दै थिए, ‘तपाईं सोभियत संघसँगको हतियारको प्रतिस्पर्धालाई लिएर चिन्तित हुनुहुन्थ्यो ।’

ओपेनहाइमर, ‘हो, राम्रो हाम्रो छनोटले अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जाका बारेमा कस्तो सहयोग रहन्छ भन्ने हो । मेरो चासो मात्र हो ।’

राष्ट्रपति, ‘तपाईंलाई थाहा छ, सोभियतसँग बम कहिले हुनेछ ? मैले सोचेको छैन ।’

ओपेनहाइमर, ‘म तपाईंलाई भन्न सक्छु जस्तो लाग्दैन ।’

राष्ट्रपति, ‘उसले कहिल्यै पनि सक्दैन, कहिल्यै पनि सक्दैन… … ।’

ओपेनहाइमर, ‘राष्ट्रपति महोदय, मेरो हातमा रगत लागेको छ जस्तो मलाई लागिरहेको छ ।’

टि्रनिटी परीक्षण गर्दा उल्टो गन्ती सकिएपछि ओपेनहाइमरले बोलेको वाक्य ‘र विश्व विनाशक बन्न मृत्यु बनेको छु’ लाई भगवद्गीताबाट लिएको दाबी गरिएको छ । तर केही समालोचकहरूले यो वाक्य बाइबलबाट लिएको दाबी गरेका छन् ।

उनीहरूको भनाइ अनुसार ओपेनहाइमरले सफलतापूर्वक परीक्षण गरेको ट्रिनिटी चर्चित कवि जोन डोनको कविताबाट लिइएको भन्ने छ । जब बम माथि गयो ‘हजार सूर्यको किरण’ भन्दा बढी ताप, राप, विकिरण, प्रकाश सहित तीव्र ध्वनि निस्कियो । तर भगवान विष्णु देखिएनन् । यो केवल विशाल विस्फोट मात्र भयो । टि्रनिट्राटोलेन १५ हजार टन शक्ति बराबरको विस्फोटक क्षमता उक्त बममा राखेको थियो ।

परीक्षण सफल भएपछि भएको भव्य समारोहमा ओपेनहाइमरले ‘विश्वले यो दिनको सम्झना गर्नेछन्’ भन्दै गर्दा उनको मनमस्तिष्कमा बमबाट निस्किएको विकिरण र तापले हजारौं सहयोद्धाहरू जलिरहेको दृश्य घुमिरहेको हुन्छ । यो दृश्यले ओपेनहाइमरले बमको आविष्कार गरिसकेपछिका समय उनले पश्चात्तापमा बिताएको, चिन्तित भएको देखाउँछ ।

उनको आविष्कारका कारण अमेरिका विश्व महाशक्तिशाली देश बन्न पुग्यो । विश्व व्यवस्थाले फरक रूप लियो । शीतयुद्धको सुरुवात भयो । अमेरिकाको नयाँ संसार जन्माउने सपना सफल भयो ।

जुन उद्देश्य लिएर अल्बर्ट आइन्स्टाइनले ऊर्जाको सूत्र पत्ता लगाएका थिए । परमाणु बमका आविष्कारक ओपेनहाइमरले भनेका थिए, ‘भविष्यमा वैज्ञानिकहरूले मेरो बारेमा प्रश्न गर्ने छन् ।’ उनले भने जस्तै भएको छ ।

यो चलचित्रले उजागर गरेका केही वास्तविकताले ओपेनहाइमरलाई परमाणु बम बनाउन निकै नै दबाब दिएको देखिन्छ । उनलाई कम्युनिस्ट भएकोले मानसिक तनाव सिर्जना गरिन्छ । उनी संगठित भएको फेडेरेशन अफ आर्टिटेक्ट इञ्जिनियर्स, केमिस्ट एण्ड टेक्निसियन जुन मजदुर संगठन हो त्यसमा बसेको भनेर धेरै प्रश्न गरिएको छ ।

एउटा वैज्ञानिकको जीवनको छोटो अवधिलाई ७८ वर्षपछि देखाउँदा तत्कालीन विश्व राजनीति, हतियारको होड, विश्व साम्राज्यमा फैलाउन अपनाइएका तिकडम, जर्मन र जापानी साम्राज्यवादका विरुद्ध बनाइएको गठबन्धनको बेवास्ताले अहिले आएर वर्तमान विश्वमा भएको आणविक हतियार उत्पादनको प्रतिस्पर्धा भइराखेको छ, त्यसको जड अमेरिका हो भनेर बुझ्न सहज बनाइदिएको छ ।

यस चलचित्रमा विलियम मर्की, इमिली क्लन्ट, भ्याट्ट ड्मामोन, रोबोट डोनी जेआर, फ्लोसेन्स पग, जोस हार्नेट कलाकार रहेका छन् । अभिनय, प्रस्तुति, कला, विषयवस्तु एकदमै माझिएको छ । दृश्यभन्दा संवादहरू धेरै रहेका छन् । धेरै संवाद ओपेनहाइमर कम्युनिस्ट हो कि होइन भन्नेमा खर्चिएको छ ।

कैबर्ड र मार्टिन जे.श्वेरिनद्वारा लेखिएको ओपेनहाइमरको जीवनीमा आधारित पुस्तक अमेरिकी प्रोमिथसबाट लिइएको अंशलाई आधार बनाएर चलचित्र बनाइएको हो । विज्ञानप्रति जासो लाग्नेहरूका लागि यस चलचित्रमा आइन्स्टाइन, निल बोर, हिसन्बर्ग जस्ता त्यस समयका वैज्ञानिकहरूलाई देखाइएको छ ।

अर्को चाख लाग्दो कुरा आइन्स्टाइन र ओपेनहाइमरका बीचमा कुराकानी हुँदा जहिले पनि चियोचर्चाे गर्ने मान्छे पठाइएको दृश्य देखाइएको छ । त्यसैले उनीहरूका बीचमा गहन छलफल हुन नसकेको भाव प्रस्तुत गरिएको छ ।

चलचित्रको सन्देश

बम बनाउनुको मुख्य कारण जापानले पर्ल हार्बरमाथि गरेको आक्रमण भनिए तापनि जर्मन साम्राज्यवादलाई युद्धमा हराएको सोभियत संघलाई तर्साउनु थियो भन्ने कुरा अमेरिकी सेना अधिकृतहरू प्याट्रिक ब्ल्याकेट र डेभिड हिलले ओपेनहाइमरसँग गरेको संवादबाट स्पष्ट हुन्छ । यो चलचित्र वास्तवमा विज्ञानको आविष्कारमा भन्दा पनि तत्कालीन विश्व राजनीतिमा आधारित छ । यसले अमेरिकाको पहिलो हुने चाहना पूरा गर्न गरेको अमानवीय दौडलाई चित्रित गरेको छ ।



source https://www.onlinekhabar.com/2023/08/1354410

Post a Comment

0 Comments