Looking For Anything Specific?

Header Ads

रुपन्देही–२ मा रुपसिंहलाई ‘लौरो अभियान’को समर्थन

२५ कात्तिक, बुटवल । रुपन्देही–२ को प्रतिनिधिसभा सदस्य पदमा हाम्रो नेपाली पार्टीले स्वतन्त्र उम्मेदवार रुपसिंह थापालाई समर्थन गर्ने भएको छ ।

शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा हाम्रो नेपाली पार्टीकी लुम्बिनी प्रदेश संयोजक ईशा खड्काले आफ्नो पार्टीको लौरो चिह्न लिएका उम्मेदवार कमल भुसाल (निकोलस) को उम्मेदवारी खारेज भएको हुँदा थापालाई सहयोग गर्ने सहमति भएको बताइन् ।

‘स्वतन्त्रहरुलाई नै जिताउने हाम्रो अभियान हो, यहाँ निकोलसको उम्मेदवारी खारेज भएपछि थापालाई समर्थन गर्ने सहमति भएको हो’ खड्काले भनिन् ।

उक्त पार्टीका प्रदेश सभा सदस्य उम्मेदवार प्रदीप पन्तले पनि प्रतिनिधि सभामा थापालाई समर्थन गर्ने बताए ।

दलहरुलाई सच्चाउन स्वतन्त्र उम्मेदवारी दिएको थापाले बताए । बुटवलका पूर्व मेयर समेत रहेका थापाले सत्ता गठबन्धनले पनि शुरुमा आफूलाई समर्थन गर्ने बताएको तर पार्टीका शीर्ष नेताहरुको दबावमा विचार सिद्धान्त नमिल्ने जनमुक्ति पार्टीलाई समर्थन गरेको बताए ।



source https://www.onlinekhabar.com/2022/11/1216234

Post a Comment

0 Comments