२ मंसिर, काठमाडौं । कतार विश्वकपको उपाधि जित्ने लक्ष्यमा रहेको अर्जेन्टिनाका दुई खेलाडी चोटका कारण विश्वकप सुरु नहुँदै बाहिरिएका छन् ।
फरवार्डद्वय जाओक्विन कोरेअ र निकोलस गोन्जालेजले चोटका कारण विश्वकप गुमाउने भएका हुन् ।
उनीहरुको स्थानमा एन्जल कोरेअ र थियागो अल्माडालाई टिममा राखेको अर्जेन्टिना फुटबल संघले जनाएको छ ।
एन्जल कोरेअले अर्नेन्टिनाका लागि २७ र २१ वर्षीय अल्माडाले १ खेल मात्र खेलेका छन् ।
source https://www.onlinekhabar.com/2022/11/1219622
0 Comments