Looking For Anything Specific?

Header Ads

उद्योग वाणिज्य महासंघ कर्णालीद्वारा थापा पर्यटन दूत मनोनीत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश समितिले फोटो पत्रकार भरतबन्धु थापालाई ‘पर्यटन दूत’ मनोनीत गरेको छ ।

कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान र प्रचार-प्रसार, कला-संस्कृति र जनजीवनको अभिलेखीकरण एवम् समृद्ध कर्णालीको पक्षमा निरन्तर योगदान गरेकोले थापालाई पर्यटन दूत मनोनीत गरिएको महासंघको कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिए ।

शाहीका अनुसार असार १७ गतेको कार्यकारिणी समिति बैठकले यो निर्णय गरेको हो ।भगवतीमाई गाउँपालिका-४ मनघर दैलेखका थापा दुई दशकदेखि फोटो पत्रकारितामा सक्रिय छन् ।



source https://www.onlinekhabar.com/2022/07/1154967

Post a Comment

0 Comments