Looking For Anything Specific?

Header Ads

च्याम्पियन्स लिग ड्र : सिटी र पीएसजी पनि समूह चरणमै भिड्ने, बार्सिलोना र बार्यन एकै समूहमा

११ भदौ, काठमाडौं । स्पानिस क्लब बार्सिलोना र जर्मन क्लब बार्यन म्युनिख यूईएफए च्याम्पियन्स लिग २०२१-२२ को एकै समूहमा परेका छन् ।

बिहीबार भएको समूह चरणको ड्र अनुसार बार्सिलोना र बार्यन समूह इ मा परेका हुन् । यस समूहमा बेनफिका र डिनामो किभ पनि छन् ।

यस्तै साविक उपविजेता म्यानचेष्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पनि समूह चरणमै भिड्ने भएका छन् ।

सिटी र पीएसजी समूह ए मा छन् । यस समूहमा जर्मन क्लब आरबी लाइपिजग र क्लब ब्रुग पनि छन् ।

यसैगरी समूह बी मा स्पानिस क्लब एट्लेटिको मड्रिड, इंग्लिस क्लब लिभरपुल, पोर्चुगिज क्लब पोर्टो र इटालियन क्लब एसी मिलान छन् ।

साविक विजेता चेल्सी समूह एच मा रहेको छ । यस समूहमा इटालियन क्लब युभेन्ट्स, रसियन क्लब जेनिथ र स्वीडिस क्लब माल्मो छन् ।

कुन समूहमा कुन क्लब ?

समूह ए

म्यानचेष्टर सिटी

पेरिस सेन्ट जर्मेन (पीएसजी)

आरबी लाइपजिग

क्लब ब्रुग

समूह बी

एट्लेटिको मड्रिड

लिभरपुल

पोर्टो

एसी मिलान

समूह सी

स्पोर्टिङ सिएफ

बोरुसिया डर्टमण्ड

आयाक्स

बेसिकटास

समूह डी

इन्टर मिलान

रियल मड्रिड

शाख्तर डोनेस्क

सेरिफ

समूह इ

बार्यन म्युनिख

बार्सिलोना

बेनफिका

डिनामो किभ

समूह एफ

भियारियाल

म्यानचेष्टर युनाइटेड

एटलान्टा

योङ ब्वाइज

समूह जी
लिल
सेभिया
साल्जवर्ग
वल्फ्सवर्ग

समूह एच

चेल्सी

युभेन्ट्स

जेनिथ

माल्मो



source https://www.onlinekhabar.com/2021/08/1004751

Post a Comment

0 Comments