Looking For Anything Specific?

Header Ads

अलेक्जेन्डर आर्नोल्डले चोटका कारण युरोकप गुमाउने

२१ जेठ, काठमाडौं । इंग्ल्यान्डका डिफेन्डर ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले यही जुन ११ बाट सुरु हुने युरोकप फुटबल गुमाउने भएका छन्।

आर्नोल्ड अन्तिम टोलीमा समावेश गरिएको बारे चर्चा भइरहँदा उनी मैत्रीपूर्ण खेलमा घाइते हुँदै युरोकपबाट बाहिरिएका हुन्।

बुधबार राति अष्ट्रियासँगको मैत्रीपूर्ण खेलमा आर्नोल्ड घाइते भएका थिए । प्रिमियर लिगमा लिभरपुलबाट खेल्ने आर्नोल्ड करिब ६ हप्ता मैदान बाहिर रहने छन्।

प्रशिक्षक ग्यारेथ साउथगेटले उनको स्थानमा अर्को खेलाडी घोषणा गरेका छैनन् । रोमानियाविरुद्ध आइतबार हुने युरोअघिको अन्तिम अभ्यास खेलपछि उनले आर्नोल्डको स्थानमा अर्का खेलाडी राख्ने बीबीसीले उल्लेख गरेको छ ।



source https://www.onlinekhabar.com/2021/06/964561

Post a Comment

0 Comments