Looking For Anything Specific?

Header Ads

सेभिया घरेलु मैदानमै विल्वाओसँग पराजित

२१ वैशाख, काठमाडौ । स्पानिस ला लिगाको चौथो स्थानमा रहेको सेभिया एथ्लेटिक विल्वाओसँग १-० ले पराजित भएको छ ।

सोमबार राति घरेलु मैदानमै भएको खेलमा अन्ति मिनेटमा गोल व्यहोरेपछि सेभिया पराजित भयो । यस हारले सेभियाको उपाधि होड कमजोर बनेको छ ।

विल्वाओलाई ३ अंक दिलाउन खेलको ९०औं मिनेटमा यनाकी विलियम्सले निर्णायक गोल गरे ।

यस जितपछि विल्वाओ ३४ खेलबाट ४५ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट सेभियाको ७० अंक छ ।

लिगमा चार चरणको खेल बाँकी रहँदा एट्लेटिको मड्रिड ७६ अंकसहित शीर्ष स्थानमा छ भने रियल मड्रिड र बार्सिलोनाको समान ७४ अंक छ ।



source https://www.onlinekhabar.com/2021/05/950927

Post a Comment

0 Comments