Looking For Anything Specific?

Header Ads

माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु

११ जेठ, गोरखा । माटोको ढिस्कोले पुरिएर सोमबार गोरखामा २ जनाको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका वडा नम्बर १ भिरसिङमा घरको कम्पाण्डवाल निर्माण गर्ने क्रममा खसेको डिस्कोमा पुरिएर उनीहरुको ज्यान गएको हो ।

दिउँसो ३ बजेतिर घटेको उक्त घटनामा परी ४८ वर्षका काले गुरुङ र ३५ वर्षीय भीमबहादुर गुरुङ घाइते भएका छन् ।

घटना भएपछि उनीहरुलार्ई तत्काल उद्धार गरी उपचारका लागि जौवारी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । स्वास्थ्य केन्द्र पुर्‍याएर लगत्तै चिकित्सकले उनीहरुको मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2021/05/959553

Post a Comment

0 Comments