Looking For Anything Specific?

Header Ads

रुपन्देहीमा थप ६ जना संक्रमितको मृत्यु

११ जेठ, बुटवल । रुपन्देहीका विभिन्‍न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने ६ जनामध्ये तीनजना रुपन्देहीका तथा पाल्पा,नवलपरासी र कपिलवस्तुका एक–एक जना हुन् ।

लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा एकजना, भीम अस्पतालमा चारजना र युनिभर्सल शिक्षण अस्पताल भैरहवामा एकजनाको मृत्यु भएको हो ।

जेठ १० गते कोरोना संक्रमण पुष्टी भइ सोही दिन लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा भर्ना भएका रैनादेवी गाउँपालिका-२ पाल्पाका ६४ वर्षीय पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले बताए।

यस्तै सिद्धार्थनगर नगरपालिका-८ का ५३ वर्षीय पुरूष, सिद्धार्थनगर-२ का ७८ वर्षीय पुरूष, रुपन्देहीको रोहिणी गाउँपालिका-५ का ५० वर्षीय र कपिलवस्तु नगरपालिका-१ का ४६ वर्षीय पुरुषको उपचारको क्रममा भीम अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा.नारायण पोखरेलले बताए।

यस्तै, युनिभर्सल शिक्षण अस्पतालमा उपचार गराइरहेकी नवलपरासीको बर्दघाट नगरपालिका–१० की ५६ वर्षीया महिलाको पनि मृत्यु भएको सूचना अधिकारी शुशील गुरुङले बताए ।



source https://www.onlinekhabar.com/2021/05/959535

Post a Comment

0 Comments