Looking For Anything Specific?

Header Ads

यस्तो देखियो बुधबारको सुपर ब्लड मुन (फोटो फिचर)

१७ माघ, काठमाडौं । बुधबार विश्वका विभिन्न भागबाट रातो चन्द्रमा देखिएको छ । नेपालबाट नदेखिएको उक्त चन्द्र ग्रहणमा चन्द्रमा रातो देखिने भएकोले यसलाई बुधबार देखिएको चन्द्रमालाई सुपर ब्लड मुन भनिएको छ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार बुधबार चन्द्रमाको पूरै भाग पृथ्वीको छायामा परेको थियो । जुनबेला चन्द्रमामा पृथ्वीको छाया परिसकेको हुँदैन, त्यसबेला चन्द्रमा पहिलेभन्दा ठूलो तथा चम्किलो देखिने गर्छ त्यो अवस्था पनि बुधबार देखिएको थियो ।

न्युजिल्याण्डबाट देखिएको चन्द्रमा

बुधबारको सुपर मुन वर्ष सन् २०२१ को दोश्रो सुपरमुन हो । यसअघि गत अप्रिल २६ मा पहिलो सुपर मून देखिएको थियो । यो सुपर मुन उत्तर अमेरिका, पश्चिमी र दक्षिणी अमेरिका र पूर्वी एसियाली मुलुकहरूमा देखिएको छ । यसपालिको चन्द्रग्रहणमा १४ देखि १५ मिनेटसम्म चन्द्रमा रातो देखिएको थियो ।

खगोलविद्ह‍रूका अनुसार हरेक अढाई वर्षमा एकपटक चन्द्र ग्रहणको बेला रातो चन्द्रमा देखिन्छ ।

न्युजिल्याण्डबाट रातो देखिएको चन्द्रमा

अष्ट्रेलियाको सिड्नीस्थित ओपेरा हाउसबाट देखिएको चन्द्रमा

अमेरिकाको न्यूयोर्कबाट देखिएको ब्लड मुन

न्यूयोर्कबाट ब्लड मुन नियाल्दै स्थानीय
चीनको राजधानी बेइजिङबाट देखिएको चन्द्रमा
दक्षिण चीनको मकाउबाट देखिएको चन्द्रमा
चीनको हङकबाट खिचिएको चन्द्रमा
चीनको राजधानी बेइजिङबाट देखिएको चन्द्रग्रहण


source https://www.onlinekhabar.com/2021/05/960408

Post a Comment

0 Comments