Looking For Anything Specific?

Header Ads

भारतले भन्यो-खोप निर्यातमा बन्देज लगाएका छैनौं

१३ चैत, काठमाडौं । भारतले कोरोना खोप निर्यातमा कुनै पनि बन्देज नलगाएको बताएको छ ।

एक उच्च भारतीय अधिकारीले साझेदारी मुलुकलाई चरणबद्धरुपमा खोप सप्लाई गर्ने काम जारी रहने बताएका छन् ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भारतले अस्थायीरुपमा खोप निर्यात बन्द गरेको समाचार प्रकाशित गरेको समाचारमा कुनै सत्य नभएको दाबी ती अधिकारीको छ ।

स्रोतले भन्यो, ‘बेला बेलामा हाम्रो घरेलु आवश्यकताको कारणले सप्लाई गर्ने सेडुलमा केही परिवर्तन गर्नुपर्ने हुन्छ तर आगामी दिनमा चरणबद्धरुपमा खोप उपलब्ध गराउने कार्य जारी रहन्छ ।’

सप्लाई गर्ने सेडुलमा केही एडजस्ट हुनसक्ने र त्यसमा सबै सरोकारवालाले सहकार्य गर्ने अपेक्षासमेत भारतले गरेको ती अधिकारीले बताए । भारतले अहिलेसम्म ७५ मुलुकलाई ६० मिलियन खोप उपलब्ध गराएको छ ।



source https://www.onlinekhabar.com/2021/03/940751

Post a Comment

0 Comments