Looking For Anything Specific?

Header Ads

एमाले अर्घाखाँचीमा माधव पक्षको समानान्तर कमिटी

१५ चैत, बुटवल । नेकपा एमालेको माधव नेपाल पक्षले अर्घाखाँचीमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ । नेकपा एमालेका तत्कालीन जिल्ला सचिव रामबहादुर चौहानको अध्यक्षतामा ७० सदस्यीय समानान्तर जिल्ला कमिटी गठन भएको हो ।

शनिबार बसेको सो समूहको बैठकले यही चैत मसान्तभित्र पालिका, वार्ड र टोल तहका कमिटीहरु पुनर्गठन गर्ने, जनसंगठनका जिल्ला, पालिका, वार्ड र टोल तहका कमिटीहरु पुनर्गठन गर्ने निर्णयसमेत गरिएको छ ।

बैठकमा एमाले प्रदेश कमिटी सदस्य एवं पूर्व जिल्ला विकास समिति सभापति पिताम्बर भुसाल, संविधान सभा सदस्य डा.दुमन थापा, प्रदेश कमिटी सदस्य यमुना भुसाल, जिल्ला सचिवालय सदस्य सरोज भुसाललगायतले बोल्दै एमालेलाई विधि, प्रकृया र जनचाहाना अनुरुप अघि बढाउन समानान्तर कमिटी गठन गर्नुपरेको बताएका थिए ।

अर्घाखाँचीमा ओली पक्षका चेतनारायण आचार्य जिल्ला अध्यक्ष छन् ।



source https://www.onlinekhabar.com/2021/03/941214

Post a Comment

0 Comments