श्रीलंका सरकारले ‘रामायण’ मा लंका प्रकरण सम्बन्धी सबै क्षेत्रहरूमा अनुसन्धान गरेर यसको ऐतिहासिकता प्रमाणित गर्ने प्रयास गरेको छ । ती ठाउँहरुलाई पर्यटन केन्द्रको रूपमा विकसित गर्नको लागि गरेको विभिन्न पुरातात्विक अध्ययनले रामायणमा उल्लेखित लंकाको विविध पक्षको जानकारी मिलेको छ ।
राजा सुकेशका तीन छोराहरू थिए – माली, सुमाली र माल्यावान। लंकापुरीलाई माली, सुमाली र माल्यावान नाम गरेको ३ राक्षसहरूले त्रिकुट सुबेल (सुमेरु) पहाडमा बसोबास सुरु गरे। मालीको हत्या गरेर देवताहरू र यक्षहरूले कुबेरलाई लंकापति बनाए। रावणकी आमा कैकेसी सुमालीकी छोरी थिइन। आफ्नो बुबा हजुरआमाको उक्साइमा, रावणले आफ्नी सौतेनी आमा इलबिल्लाका छोरा कुबेरविरूद्ध लड्ने निर्णय गरे ।
सुरुमा रावणले सुम्बा र बाली द्वीप कब्जा गरेर आफ्नो शासनको विस्तार गरे । पछि अंगद्वीप, मलयद्वीप, वराहद्वीप, शंख द्वीप, कुश द्वीप, यव द्वीप र आन्ध्रालयसमेत कब्जा गरे । त्यसपछि रावणले लंकालाई आफ्नो लक्ष्य बनाए । त्यतिबेलासम्म लंकामा कुवेरको बास थियो । यही क्रममा विभिन्न षड्यन्त्र र जालझेलबाट कुवेरलाई हिमालयमा पठाएर लंकाका अधिपति रावण स्वयं बने ।
रावणको राज्य विस्तार हालको इन्डोनेसिया, मलेसिया, बर्मा, दक्षिण भारतका केही राज्यहरू र सम्पूर्ण श्रीलंकामा फैलिएको पाइन्छ । श्रीलंका सरकारले गठन गरेको श्री रामायण अनुसन्धान समितिका अनुसार श्रीलंका वास्तवमा लंका हो जुन रामायण कालसँग सम्बन्धित छ। समितिका अनुसार श्रीलंकामा रामायण काल सम्बन्धी ५० ठाउँमा अनुसन्धान गरिएको छ र यसको ऐतिहासिकता प्रमाणित भएको छ।
कसरी बन्यो लंका र कसरी पुग्यो रावणको हातमा ?
कुबेर रावणका सौतेनी भाइ थिए। कुबेर एक धनपति थिए। कुबेरले लंका शासन गरेर त्यसलाई विस्तार गर्दै गएका थिए । यस विषयमा लंका सम्बन्धी एउटा कथा पनि छ ।
एक पटक देवी पार्वतीले महसुस गरे कि महादेव पनि ईश्वरहरूका परमेश्वर हुन्। सबै देवताहरू सुन्दर दरबारहरूमा बस्छन् तर देवधिदेव भने मसानमा बस्छन् । उनले जिद्दी गरेर महादेवलाई पनि महलमा बस्न आग्रह गरिन् । अझ दरबार इन्द्रको दरबारभन्दा राम्रो र भव्य हुनुपर्छ भन्ने उनको शर्त थियो ।
पार्वतीलाई महादेवले भने कि हामी योगीहरू हौं, हामीलाई दरबारमा आराम गर्न सुहाउँदैन । दरबारमा बस्ने ठूला नियमहरू छन्। दरबार हामी जस्ताको लागि उपयुक्त छैनन् ।
तर देवीको जिद्दीका सामु महादेव झुक्नै पर्यो र विश्वकर्मालाई बोलाए । विश्वकर्मालाई यस्तो दरबारको रचना गर्न भनियो कि जसको सौन्दर्य त्रिभुवनमा कतै पनि नहोस् । विश्वकर्माले त्यस्तो दरबार बनाउने ठाउँको खोजी गर्न थाले । उनले चारै तिरबाट पानीले ढाकेको एक ठाउँ देखे जसको बीचमा तीन सुन्दर पहाडहरू थिए । त्यस पहाडमा विभिन्न प्रकारका फूल र वनस्पतिले भरिएका थिए । त्यो ठाउँ लंका थियो ।
ठाउँ खोजीसकेपछि पार्वतीलाई ठाउँको बारेमा बताए । पार्वतीले सोही ठाउँमा एउटा विशाल शहर बनाउन आदेश दिइन् । पछि विश्वकर्माले आफ्नो कलाको परिचय दिँदै सुनको एक अद्भुत सहर निर्माण गरे ।
गृहप्रवेशपछि महादेवले आचार्यहरूलाई दक्षिणा माग्न आग्रह गरे । त्यस सहरमा महादेवको मायाका कारण आचार्य विश्रावको मन प्रलोभनमा डुबेको थियो । उनले वरदान दिने नै भए आफूलाई लंका नै दिन आग्रह गरे ।
महादेवले विश्रवालाई लंकापुरी नै दानमा दिए । उता विश्रवाको दुस्साहस देखेर पार्वती साह्रै रिसाएकी थिइन् । उनले क्रोधमा श्राप पाए कि महादेवको सरलताको फाइदा उठाउँदै तपाईंले मेरो प्यारो दरबारलाई कब्जा गर्नुभयो । महादेवकै कुनै अंशले एकदिन यो दरबारलाई जलाएर खरानी बनाइदेओस् भनेर पार्वतीले श्राप दिइन् । दरबारसँगै तिम्रो कुलको पनि नास होस् भनेर पार्वतीले श्राप दिइन् ।
पौराणिक कथाका अनुसार विश्रवाले त्यो दरबार पुत्र कुवेरलाई दिए र रावणले कुवेरबाट त्यो दरबार हत्याएर आफ्नो बनाए । श्रापका कारण शिवका अवतार हनुमानले लंका जलाएर विश्रवाका पुत्र रावण र कुंभकर्ण र उनको कुलको नास गरे । श्रीरामको शरणमा भएकोले विभीषण भने बच्न सफल भए ।
source https://www.onlinekhabar.com/2021/03/941785
0 Comments