Looking For Anything Specific?

Header Ads

माधव समूहले बनायो अखिलमा समानान्तर कमिटी

११ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विद्यार्थीमा पनि समानान्तर कमिटी बनाएको छ । राष्ट्रिय कार्यकर्ता भेला गरेर यो समूहले अनेरास्ववियुमा समानान्तर कमिटी बनाएको हो ।

समानान्तर अखिलको अध्यक्ष सुदेश पराजुली, सहअध्यक्ष ओसिम आलम र महासचिव आरती लामा चयन गरिएको छ । साविकको एमालेमा तीनैजना सचिव थिए ।

माधव समूहले अखिल नेपाल महिला संघ र युवा संघ नेपालमा पनि समानान्तर कमिटी बनाएको छ।



source https://www.onlinekhabar.com/2021/03/940222

Post a Comment

0 Comments