Looking For Anything Specific?

Header Ads

साउथ अस्ट्रेलियामा कर्पोरेट कप

एडिलेड/ एडिलेड नेप्लिज क्रिकेट एशोसिएसन (एनका) र एनआरएनए साउथ अस्ट्रेलियाको सहकार्यमा कर्पोरेट कप आयोजना हुने भएको छ ।

यही मार्च २८ तारिक आइतबारको दिन एडिलेडको भिक्टोरिया पार्क ओभलमा बिहान ८ बजेदेखि हुने सुपर सिक्स ए साइड क्रिकेट टुरनामेन्टमा साउथ अस्ट्रेलियामा रहेका नेपाली कर्पोरेट हाउसहरुको सहभागिता रहने एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक नवीन पन्तले बताए ।

करिब १२ टिम सहभागी हुने अपेक्षा राखिएको उक्त क्रिकेट टुरनामेन्टका हरेक खेलहरु ५ ओभरका हुनेछन् भने ६ खेलाडीहरुले खेल्नेछन् ।

कार्यक्रममा महिलाहरुको टिम एनका सनसाइन र एनआरएनए नारी निकुञ्ज साथै एनका जेम्स रेड र ब्लुको बीच मैत्रीपूर्ण खेलसमेत रहेको एनका अध्यक्ष विजय जोशीले बताए ।

कार्यक्रमको बारेमा थप्दै जोशीले भने, ‘एनकाले सन २०१५ देखि नै सुपर सिक्स ए साइड क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै आएको हो तर यस वर्ष हामीले एनआरएनए साउथ अस्ट्रेलियासँग सहकार्य गर्दै यस टुर्नामेन्टलाई भव्यरुपमा अगाडि बढाउँदै छौं ।’

भविष्यमा कर्पोरेट कपलाई अझै ठूलो आकार दिदै लैजान सकेमा साउथ अस्ट्रेलियाकै प्रतिष्ठित प्रतियोगिता हुन सक्ने सम्भावना रहेको समेत जोशीले बताए ।

खेल, संगीतसहित अन्य मनोरञ्जनका कार्यक्रमहरु समेत राखिएको बताउँदै साउथ अस्ट्रेलियामा बस्ने सम्पूर्ण नेपाली भाषीहरुलाई कार्यक्रममा सहभागी हुन एनका र एनआरएनए साउथ अस्ट्रेलियाले अनुरोध गरेको छ ।



source https://www.onlinekhabar.com/2021/03/939937

Post a Comment

0 Comments