Looking For Anything Specific?

Header Ads

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

१३ चैत, इनरुवा । श्रीमतीको हत्या गरेको अरोपमा एकजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान-८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/03/940755

Post a Comment

0 Comments