Looking For Anything Specific?

Header Ads

तोलामा पाँच सयले महँगियो सुनको भाउ

१९ फागुन, काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । मंगलबार एकै दिन १७ सय रुपैयाँले घटेको सुनको भाउ आज भने पुनः बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि छापावाल सुनको भाउ तोलामा ८७ हजार ५ सय रुपैयाँ कायम भएको छ । मंगबालर छापावाल सुन ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ ८७ हजार ५० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको भाउ पनि आज केही बढेको छ । मंगलबार प्रतितोला १२ सय ९० रुपैयाँमा झरेको चाँदीको भाउ २५ रुपैयाँले बढेर १३२ सय १छ रुपैयाँ कायम भएको छ ।

 

 

 



source https://www.onlinekhabar.com/2021/03/935008

Post a Comment

0 Comments