Looking For Anything Specific?

Header Ads

राष्ट्रपति पदको मर्यादा र गरिमा उल्लंघनः रावल

२१ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले नेकपाको आन्तरिक मामिलाको सन्दर्भमा राष्ट्रपति पदको मर्यादा उल्लंघन भएको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको आन्तरिम विवादमा आफ्नो भूमिका बढाइरहेको समाचार आईरहेका बेला नेता रावलले यस्तो टिप्पणी गरेका हुन् ।

‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिंदै राष्ट्रपति सक्रय रहनुभएको समाचार आइरहेको छ,’ नेता रावलले शुक्रबार ट्विटरमा लेखेका छन्, ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघन, स्थापित प्रणालीको अवज्ञा र नेपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ ।’

यो पनि पढ्नुहोस बामदेव र बादललाई फकाउन शीतलनिवास कार्ड

source https://www.onlinekhabar.com/2020/11/907641

Post a Comment

0 Comments