Looking For Anything Specific?

Header Ads

खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान जारी

१८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाको चेतावनीका बाबजुद हाम्रो टिम नेपाल नामको संस्थाले मंगलबार बिहान पनि खुलामञ्चमा निःशुल्क खाना खुवाएको छ ।

कोरोना संक्रमणबाट जोगिन भन्दै सरकारले ७ महिना लामो लकडाउन गर्दा रोजगारी गुमाएका र गरिब तथा असहायलाई हाम्रो टिम नेपालले बिहानमा र हन्ड्रेड ग्रुप नामको संस्थाले साँझको खाना निःशुल्क खुवाउँदै आएका छन् ।

खुलामञ्चमा खाना खुवाउँदा अशोभनीय देखिएको भन्दै महानगरपालिकाले निःशुल्क खाना खुवाउने काम बन्द गर्न चेतावनी दिएको छ ।

यो पनि पढ्नुहोस ‘खुलामञ्चको भात अशोभनीय, मानिसलाई अल्छी बनायो’

तर रोजगारी गुमाएर हातमुख जोर्न समस्या भएकाहरुलाई सरकारले विकल्प नदिएसम्म आफूहरुको काम जारी रहने हाम्रो टिम नेपालका संयोजक विमल पन्तले बताए ।

पन्तले अनलाइनखबरसँग भने, ‘आज बिहान हामीलाई रोक्न भनेर नगर प्रहरीहरु आउनु भएको थियो, तर हामीले विकल्प नदिइकन भोका पेटमा लात्तो हान्ने काम नगर्नुस्, कि काम दिनुस् कि माम दिनुस् भनेपछि हुन्छ भनेर उहाँहरु जानुभयो ।’

आज बिहान करिब ३ सय जनालाई निःशुल्क खाना खुवाएको पन्तले बताए ।



source https://www.onlinekhabar.com/2020/11/906997

Post a Comment

0 Comments