Looking For Anything Specific?

Header Ads

समिक्षक गौतमको निधनमा चलचित्र पत्रकार संघद्धारा शोक व्यक्त

कान्तिपुर दैनिकमा कार्यरत चलचित्र पत्रकार तथा समिक्षक गोकर्ण गौतमको निधनमा चलचित्र पत्रकार संघ नेपालले शोक व्यक्त गरेको छ । संघले जारी गरेको विज्ञप्तीमा चलचित्र क्षेत्रमा लामो समयदेखि निडर भएर गौतमले कलम चलाएको उल्लेख छ ।

सोमबार मस्तिष्कको नशामा समस्या देखिएपछि उनको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एन्ड एलाइड साइसेन्समा उपचार भैरहेको थियो । शल्यक्रियापछि उनको निधन भएको हो ।

३१ बर्षका गौतमको निधनले सिंगो पत्रकासिरता क्षेत्रमा अपुरणिय क्षती पुगेको संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । निष्पक्ष रुपमा कलम चलाउँदै आएका गौतमको निधनमा चलचित्रकर्मी, पत्रकारहरुले पनि शोक व्यक्त गरेका छन् ।



source https://www.onlinekhabar.com/2020/11/910362

Post a Comment

0 Comments