Looking For Anything Specific?

Header Ads

निशानको ‘तिमीलाई देखेपछि माया पलायो’ सार्वजनिक

निशान भट्टराइको स्वर, निलकण्ठ सुवेदीको शब्द तथा अर्जुन पोखरेलको संगीतमा तयार भएको ‘तिमीलाई देखेपछि माया पलायो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा यूवायूवतीको भेटपछि भएका मायाका कुरालाई समावेश गरिएको छ ।

निशानले आफूले गाएका गीतमध्ये अर्को एक मन परेको गीतको रुपमा ‘तिमीलाई देखेपछि माया पलायो’लाई लिएका छन् । सुरेश दर्पण पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा भरत सुवेदी र शमिन श्रेष्ठको अभिनय छ ।

विनोद अधिकारीले छायांकन गरेको भिडियोमा भरत रेग्मीको सम्पादन छ । अमेरिकाका विभिन्न स्थानमा यो भिडियोको छायांकन गरिएको छ ।



source https://www.onlinekhabar.com/2020/11/911177

Post a Comment

0 Comments