Looking For Anything Specific?

Header Ads

भारतीय विज्ञ भन्छन्– रअ प्रमुखको भ्रमणपछि अब दुई देशबीच वार्ता हुन सक्छ

११ कात्तिक, काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त कुमार गोयलको नेपाल भ्रमणले दुई देशको बीचमा रहेको अविश्वास हट्ने र यो भ्रमणपछि अब सीमा विवादबारे वार्तासमेत हुन सक्ने एक भारतीय विज्ञले बताएका छन् ।

भारतको रक्षा मन्त्रालयअन्तर्गतको थिङ्क ट्याङ्क मनोहर परिकर इन्टिच्युट अफ डिफेन्स एनालाइसिसमा नेपाल–भारत मामिला हेर्ने रिसर्च फेलो निहार आर नायकले अनलाइनखबरसँग भने, ‘यो भ्रमणले दुई देशका वीचमा रहेको विश्वासको संकटलाई पक्कै हटाउनेछ । यो भ्रमणपछि दुई देशका बीचमा सीमा विवादको विषयमा वार्ता पनि हुन सक्छ ।

उनले भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेको भ्रमणपछि दुई पक्षीय सम्बन्ध झन सुदृढ हुँदै जानेसमेत बताए ।

भारतले राजनीतिक र कूटनीतिक व्यक्तिलाई नपठाएर किन खुफिया एजेन्सीलाई पठायो भन्ने प्रश्नमा उनले भने, ‘यसले के संकेत गर्छ भने भारत नेपालमा आफ्नो बलियो उपस्थिति चाहन्छ । यसमार्फत भारतले चीन र पाकिस्तानलाई उनीहरुले दक्षिण एसियामा चलाएको संयुक्त अप्रेसनले रेड लाइन क्रस नगरोस् भन्ने वार्निङ पनि दिएको छ ।’

नायकले भारत दक्षिण एसियामा एउटा प्रभावशाली शक्ति रहेको र त्यसलाई कायमै गर्न चाहेकोसमेत बताए ।

दुई देशको बीचमा लामो समयदेखि भएको अनौपचारिक वार्तापछि प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा बुधबार गोयल नेपाल आएका थिए ।

स्वयं सरकारका मन्त्रीहरुले गोयल भारतीय प्रधानमन्त्रीको विशेष दूत बनेर नेपाल आएको बताइसकेका छन् ।

यो पनि पढ्नुहोस बालुवाटारमा सामन्त : बुढेसकालमा माताजीसँग…

source https://www.onlinekhabar.com/2020/10/905751

Post a Comment

0 Comments