Looking For Anything Specific?

Header Ads

तरुण नेता देवकोटाको उपचारमा अमेरिका बस्ने नेपालीले गरे सहयोग

काठमाडौं । नेपाल तरुण दल सुनसरीका पूर्वअध्यक्ष दुर्गा देवकोटाको उपचारका लागि अमेरिकामा रहेका नेपालीहरुले दुई लाख २३ हजार ४० रुपैयाँ सहयोग गरेका छन् ।

मिर्गौला पीडित देवकोटाको उपचारका लागि नेपाली कांग्रेसका युवा नेता एवम् काठमाडौं क्षेत्र नं. ३ का महासमिति सदस्य हरिबोल भण्डारी र नेपाल तरुण दलका नेता एवं गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य शंकर खड्काको पहल तथा तरुण विभागका सदस्य विकास उप्रेतीको सक्रियतामा प्रवासी नेपालीहरुले सो परिमाणको रकम सहयोग गरेका हुन् ।

तरुण दलले देवकोटाको उपचारका लागि सहयोग गरेको भन्दै हरिबोल भण्डारी, शंकर खड्का, विकास उप्रेती, गौरीराज जोशी, सुनिल शाह, अन्नत सुवेदी, प्रमोद सिटौला, गुप्ता जोशी, अमृत सापकोटा, कृष्ण जीवी पन्त, उज्जवल खत्री, राजु बम्जन, अमृत कट्टेल, रघु सुवेदी, राजन त्रिपाठी र प्रविन घिमिरेको नामावली सार्वजनिक गरेको छ ।

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले प्रवासमा बसेर पनि संगठनका एक योद्धाप्रति यो अपार माया र सदभाव देखाएको भन्दै सबै सहयोगीहरुप्रति आभार व्यक्त गगरेको छ । साथै तरुण दल केन्द्रीय समितिले दुर्गा देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना पनि परेको छ ।



source https://www.onlinekhabar.com/2020/09/898685

Post a Comment

0 Comments