आफ्नो जीवन भोगाईबाट मान्छेले धेरै कुरा सिक्छन् । आफुले भोगेको, झेलेको, अनुभव गरेको कुरा नै बढी जीवनोपयोगी हुन्छ । तर, आफ्नो भोगाईबाट मात्र सबैकुरा सिक्न वा बुझ्न संभव छैन । सुनेका, देखेका कुराहरुबाट पनि हामी पाठ सिक्न सक्छौं । अतः चिन्तक, दार्शनिक, वैज्ञानिक, नेता आदिले विभिन्न सन्दर्भ र कालखण्डमा बोलेका कुराहरु पनि हाम्रा निम्ति अनमोल पाठ हुनसक्छ । यहाँ त्यस्तै भनाईहरु प्रस्तुत गरिएको छ, जो प्रेरणादायी छन् ।
–खुसी त्यही व्यक्तिलाई प्राप्त हुन्छ, जो अरुको खुसी देख्न चाहन्छ ।
अज्ञात
–आफैमाथि विजय गर्नु सबैभन्दा श्रेष्ठ र महानतम विजय हो ।
प्लेटो
–सानोतिनो असफलतामा जो डराउँछन्, उनीहरु जीवनभर मुकदर्शक बनिरहन्छन् ।
अज्ञात
–समझदार व्यक्तिले सारसले जस्तै होशियारीपूर्वक काम गर्नुपर्छ । स्थान, समय र आफ्नो क्षमता बुझेर कार्य सम्पन्न गर्नुपर्छ ।
चाणक्य
–आफैलाई कमजोर सम्झनु सबैभन्दा ठूलो पाप हो
स्वामी विवेकान्द
–दृष्टिकोण एक समान्य कुरा हो तर, त्यसले धेरै ठूलो फरक पार्छ ।
विस्टन चर्चिल
– त्यस व्यक्तिको अटल साहसभन्दा धेरै प्रभावशारी केही पनि छैन, जो आफ्नो स्वतन्त्रता र सम्मानका लागि दुःख सहन अनि त्याग गर्न तयार छन् ।
मार्टिन लूथर किंग
-हामीले नयाँ परिस्थितीमा नयाँ सोंचका साथ काम गर्नुपर्छ ।
अब्राहम लिंकन
-उत्कृष्टता एक शतत प्रक्रिया हो, कुनै दुर्घटना होइन ।
अब्दुल कलाम
– हमीले भूतको बारेमा पछतो गर्नुहुन्न । भविष्यको बारेमा चिन्तित हुनुहुन्न । विवेकवान व्यक्ति सधै वर्तमानमा बाँच्ने गर्छन् ।
चाणक्य
– वितेको दिनबाट सिक, आउनेवाला दिनप्रति लागि आशा राख । र, आजको लागि बाँच ।
अल्बर्ट आइस्टाइन
– जिन्दगी एक साइकल जस्तै हो । यदि त्यसलाई सन्तुलित बनाएर अगाडि बढाउने हो भने पाइडल मारिरहनुपर्नेछ ।
अल्बर्ट आइस्टाइन
– महान सौन्दर्य, अत्याधिक ताकत, धेरै धन वास्तवमा कुनै उपयोगी छैन । एक सच्चा हृदय सबैभन्दा श्रेष्ठ छन् ।
बेन्जामिन फ्रेंकलिन
– एक मूर्ख आफुलाई बुद्धिमन सम्झन्छन् । तर बुद्धिमान व्यक्ति आफुलाई मुर्ख सम्झन्छन् ।
विलियम शेक्सपियर
-विश्वास त्यो शक्ति हो, जसले उजाडिएको दुनियमा प्रकाश ल्याउन सक्छ ।
हेलेन केलर
-सन्तुलित मन बराबर कुनै तपस्य छैन । सन्तोष बराबर कुनै खुसी छैन । लोभ बराबार कुनै बिराम छैन । दया बराबर कुनै सदाचार छैन ।
चाणक्य
-अस्वस्थ्यकर जीवन जीवन होइन, बस पीडाको एक स्थिति हो ।
गौतम बुद्ध
-आफ्नो सपनालाई साकार बनाउने सर्वश्रेष्ठ तरिका हो, तिमी जाग ।
पल वैलेर
-बुद्धिमान व्यक्तिले अर्कोको गल्तीबाट पनि पाठ सिक्छन् ।
पी सायरस
-बिना उत्साह कुनैपनि महान काम संभव छैन ।
राल्फ वान्डो एमर्सन
-त्यही व्यक्तिलाई आलोचना गर्ने अधिकार हुन्छ, जो सहयोग गर्ने भावना राख्छ ।
अब्राहम लिंकन
-अज्ञानता र विचारहिनता दुबै मानवता विनासको दुई ठूलो कारण हुन् ।
जन टिलोटसन
–पुरा जीवन एक अनुभव हो । तिमी जति प्रयोग गर्छौं उत्तिनै यसलाई उत्कृष्ट बनाउन सक्छौं ।
राल्फ वाल्डो एमर्सन
–एक बुद्धिमान व्यक्तिको प्रश्नमा आधा उत्तर लुकेको हुन्छ ।
सोलोमन इब्र गेबिरोल
–राम्रो निर्णय अनुभवबाट प्राप्त हुन्छ । तर दुर्भाव्यवश अनुभवको जन्म गलत निर्णयबाट हुन्छ ।
रीटा माए ब्राउन
source https://www.onlinekhabar.com/2020/09/899468
0 Comments