हाँस्य कलाकार तथा निर्माता किरण केसीले लक डाउनको कारण घरसँगै लभ परेको बताएका छन् ।
किरणले लक डाउनको अनुभव सुनाउँदै अनलाइनखबरसँग भने–‘मेरो त लक डाउनका कारण घरसँगै लभ पर्यो । कला क्षेत्रमा लागेपछि बिहान उठेर निस्कने र बेलुकी घर फर्किने बानी थियो । यसैले, घर भित्र म राम्रोसँग भिजेकै रहेनछु । तर, यसपटक घरमै बसेर काम गर्दा र परिवारसँग समय बिताउँदा मेरो त घरसँग नै लभ पर्यो ।’
किरणले घरमा बस्दा नयाँ नयाँ परिकार पकाउन सिकेको बताए । योसँगै किरणले लक डाउनको समयमा सामाजिक कामलाई पनि निरन्तरता दिएका थिए । उनले भने–‘मैले नगरपालिकाको माध्यमबाट १० हजार मास्क र सय बोरा चामल वितरण गरेँ । हजार जना भन्दा बढीलाई खाना खुवाएँ ।’
किरणले पछुपंक्षी र जनावरलाई पनि विर्सेनन् । पशुपति परिसरमा पुगेर बाँदरलाई खानेकुरा खुवाएका किरणले परेवालाई समेत मकै खुवाए । गाइलाई पनि उनी खाना खुवाउन पुगे ।
लक डाउनको समयमा आफूले जिन्दगीलाई नयाँ तरिकाले जिउन सिकेको किरणको अनुभव छ ।
source https://www.onlinekhabar.com/2020/06/870532
0 Comments