१७ असार, काठमाडौं । ब्रुनो फर्नान्डेजले दुई गोल गरेपछि ब्राइटनलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड प्रिमियर लिगमा पाँचौ स्थानमा उक्लेको छ । गएराति भएको लिगको एक मात्र खेलमा युनाइटेडले ब्राइटनलाई ३-० ले पराजित गरेको हो ।
युनाइटेडका लागि १६औं मिनेटमा मासोन ग्रीनउडले गोल गर्दै अग्रता दिलाएका थिए । ब्रुनो फर्नान्डेजले २९औं मिनेटमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।
पहिलो हाफमा दुई गोल गरेको युनाइटेडले दोस्रो हाफमा एक गोल थप्यो । ५०औं मिनेटमा फ्रनान्डेजले व्यक्तिगत दोस्रो गोल गरे ।
जितपछि ३२ खेलबाट ५२ अंक जोडेको युनाइटेडले वल्भ्सलाई गोल अन्तरमा पछि पार्दै पाँचौ स्थानमा उक्लेको हो । वल्भ्सले पनि ३२ खेलबाट ५२ अंक नै जोडेको छ ।
source https://www.onlinekhabar.com/2020/07/877878
0 Comments