Looking For Anything Specific?

Header Ads

रेल स्टेशनमा अलपत्र बालकको सहयोगका लागि अघि आए साहरुख

केही दिन अगाडि सामाजिक संजालमा एउटा भिडियो भाइरल भयो, जहाँ एक बालक आफ्नी आमालाई उठाउने कोशिश गरिरहेका थिए । तर, उनकी आमा मरिसकेकी थिइन् । रेलवे स्टेशनमा केही दिनदेखि भोकै ती महिलाको खाना नपाएपछि निधन भएको थियो । उनको साना २ बालक उनलाई उठाउने कोशिश गरिरहेका थिए ।

बिहारको मुजफ्फरपुर रेल स्टेशनमा यो घटना घटेको थियो । अब, यी बालकको सहयोगका लागि नायक साहरुख खानले कदम उठाएका छन् ।

साहरुखको मिर फाउन्डेशनले बच्चालाई आर्थिक सहयोग गरेको छ । मीर फाउन्डेशनको अफिसियल ट्विटर एकाउन्टमा लेखिएको छ–‘बालकको सहयोगका लागि हामीसँग आग्रह गर्ने सबैलाई धन्यवाद । हामी उनलाई सहयोग गर्दैछौ र अहिले उनी आफ्नो हजुरबुबाको साथमा छन् ।’

साहरुखले पनि ट्विट गर्दै लेखेका छन्–‘म प्रार्थना गर्दछु कि बालकलाई आफ्नी आमा गुमाउनुको पीडा सहने शक्ती भगावन्ले प्रदान गरुन् । मलाई थाहा छ यसको पीडा कस्तो हुन्छ । हाम्रो साथ र माया तिमीलाई सधै छ ।’

बालकका हजुरबुबाले साहरुखले अहिले दुई बच्चाको नाममा १–१ लाख रुपैयाँ बैंकमा डिपोजिट गरिदिएको बताएका छन् । नायक साहरुख खानले कोरोना संक्रमणसँग जुध्नका लागि निरन्तर सहयोग गरिरहेका छन् ।



source https://www.onlinekhabar.com/2020/06/869888

Post a Comment

0 Comments