Looking For Anything Specific?

Header Ads

वर्षा भन्छिन्–‘उच्च मनोबलका साथ अगाडि बढ्छु’

नायिका वर्षा राउतको एक अभिव्यक्तिले खुबै आलोचना भोग्यो । चलचित्र क्षेत्रमा केही बर्ष बिताउँदै गर्दा वर्षाले यति धेरै आलोचना भोगेकी थिइनन् ।

भावूक स्वभावकी यी नायिकाले राष्ट्रियताको एक प्रश्नमा दिएको जवाफले आलोचना भोग्यो । उनलाई यो घटना विर्सिएर अगाडि बढ्न अझै समय लाग्नेछ ।

तर, वर्षाले अब भने आफू उच्च मनोबलका साथ अगाडि बढ्ने बताएकी छिन् । वर्षा लेख्छिन्–‘न्यानो माया दिनेहुने सबैलाई नमन गर्न चाहन्छु । उच्च मनोबल र जिम्मेवारीका साथ अगाडि बढ्ने निधो गरेकी छु ।’

चलचित्र क्षेत्रमा काम गर्ने कलाकारहरु यसअगाडि पनि विवादित बन्दै आएका थिए । तर, वर्षाले भोगेको विवाद अरुको भन्दा विल्कुल फरक छ ।

यी नायिका आफ्नो करिअरमा अहिलेसम्म ‘जात्रै जात्रा’को अष्ट्रेलिया शोको क्रममा लगाएको पहिरनका कारण ट्रोलको शिकार बनेकी थिइन् । तर, यसले वर्षालाई खासै ठूलो असर गरेन ।

तर, यसपटक उनले भोगेको विवाद उनको करिअरकै लागि ठूलै पाठ समेत बनेको छ । यसैले पनि वर्षाले जिम्मेवारीका साथ अगाडि बढ्ने उल्लेख गरेकी छिन् ।



source https://www.onlinekhabar.com/2020/06/869890

Post a Comment

0 Comments