काठमाडौं । कुनै गम्भीर चोट वा दुर्घटनाका कारण मानिसहरु कोमामा पुग्दछन् कहिलेकाहीँ । कोमामा गैसकेपछि मानिसको सुन्ने, सोँच्ने तथा सम्झिने, बोल्ने र महसुस गर्ने क्षमता नष्ट हुन्छ । कोमाको मानिसको केवल सास मात्र बाँकी हुन्छ वा केवल नाममात्रको जीवित हुन्छ ।
कतिपय मानिसहरुमा त कोमाबाट ब्युँझिएपछि पनि स्मरण शक्ति गुमेको पाइन्छ । उनीहरुले आफ्ना विगतका कतिपय वा पूरै घटनाक्रमहरु बिर्सिन्छन् । तर बेलायतमा भने यसको ठ्याक्कै उल्टो अनौठो घटना भएको छ ।
बेलायतका एकजना अंग्रेजी भाषी पूर्व फुटबल खेलाडिले कोमाबाट ब्यँझिएसँगै फरर्र फ्रेन्च बोल्न थालेका छन् ।
ररी कर्टिस नामका फुटबलरको सन् २०१४ मा भएको गम्भीर दुर्घटना पश्चात् उनी ६ महिना कोमामा गएका थिए । कोमाबाट जाग्दा उनले आफ्नो जीवनका पछिल्ला १२ वर्षका सबै स्मरणहरु गुमाएका थिए ।
तर १२ वर्षका सबै यादहरु गुमाएका उनले सबैलाई छक्क पार्दै फरर्र फ्रेन्च भाषा बोल्न सुरु गरे । जबकी दुर्घटना अगाडि उनलाई अंग्रेजी बाहेक अन्य कुनै पनि भाषा बोल्न आउँदैनथ्यो ।
सोसल मिडियामा जब यो मामिला सार्वजनिक भयो, तब मानिसहरुले यसलाई चमत्कार भन्न थाले । कतिपयले यसलाई उनको पूर्व जन्मसँग पनि जोड्न भ्याए ।
बीबीसीको रिपोर्ट अनुसार कर्टिसका पुर्खाहरु १८ औँ शताब्दीमा फ्रान्सको नरमेन्डीमा बस्दथे । पछि उनका पूर्वजहरु बेलायत बसाइँ सरेका थिए । तर उनको परिवारमा अहिले कसैलाई पनि फ्रेन्च भाषा आउँदैन ।
तर कोमापछि उनलाई फरर्र कसरी फ्रेन्च भाषा फुर्यो ? भन्ने कुराचाहिँ निकै रहस्यमय रहेको छ । सायद उनले बाल्यकालमा कुनैबेला फ्रेन्च सिक्ने प्रयास गरेको र सोही बेलाको सिकाइ अहिले फर्किएको हुनसक्ने अनुमान गरिएको छ ।
–एजेन्सी
source https://www.onlinekhabar.com/2020/06/870186
0 Comments