Looking For Anything Specific?

Header Ads

एप्पलले पुनः रच्दैछ इतिहास, बन्दैछ विश्वकै पहिलो २० खर्ब डलरको कम्पनी

काठमाडौं । सन् २०१८ मा १० खर्ब डलर बजार मूल्य भएको विश्वकै पहिलो गैरसरकारी कम्पनी बन्दै इतिहास रचेको अमेरिकी कम्पनी एप्पलले पुनः अर्को कोशेढुंगा पार गर्दैछ ।

एप्पल निकट भविष्यमै २० खर्ब डलर बजार मूल्य भएको विश्वको पहिलो कम्पनी बन्दैछ ।

पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण विश्वका धेरै कम्पनीहरुको अवस्थामा उतारचढाव आइरहेको छ र यसबाट एप्पल पनि अछुतो रहन सकेको छैन । तर यस्तो प्रतिकूलताका बाबजुत एप्पल कम्पनीको बजार मूल्यले निकट भविष्यमै २० खर्ब डलरको कोशेढुंगा पार गर्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।

CultofMac का चर्चित टेक एनालिस्ट अमित दर्यानानीले आफ्नो पछिल्लो अनुसन्धान प्रतिवेदनमा यस्तो दाबी गरेका हुन् । उनका अनुसार सन् २०२४ को सेप्टेम्बर सम्ममा एप्पलको बजार मूल्य २० खर्ब डलर पुग्नेछ । रिपोर्ट अनुसार सन् २०२४ सम्ममा एप्पलको प्रतिशेयर आम्दानी २३ डलर सम्म पुग्नेछ ।

उनको प्रक्षेपण वार्षिक १४ प्रतिशत ईपीएस ग्रोथको मोडेलमा आधारित छ । सन् २०२० का लागि एप्पलको ईपीएस १२.७२ डलर हुने र आगामी चार वर्षमा त्यो दोब्बर हुने उनको भनाइ छ ।

२० खर्ब डलर बजार मूल्यको अद्वितीय सफलता हासिल गर्ने क्रममा एप्पलले थप नयाँ क्षेत्रमा हात नहाल्ने र अहिलेकै आफ्नो मुख्य व्यवसायमा निरन्तर विस्तार गर्ने विश्लेषकको ठहर छ । एप्पलको दुईवटा मुख्य व्यवसाय क्लाउड÷सफ्टवेयरका साथै एयरपड्स र एप्पल वाच जस्ता वेयरेबल ग्याजेटको क्षेत्रमा दुई अंकको वृद्धि हासिल हुने उनको प्रक्षेपण छ ।

साथै एप्पलको हार्डवेयरको व्यवसायभन्दा सर्भिस सेक्टरको व्यवसायमा तीव्र वृद्धि हुने शोधकर्ता दर्यानानीले उल्लेख गरेका छन् । यी दुई क्षेत्रबाट एप्पलले आगामी केही वर्षसम्म वार्षिक क्रमशः ६० अर्ब १ खर्ब डलर आम्दानी गर्न सफल हुने अनुमान रिपोर्टमा गरिएको छ ।

–एजेन्सीको सहयोगमा



source https://www.onlinekhabar.com/2020/06/870189

Post a Comment

0 Comments