Looking For Anything Specific?

Header Ads

बलिउड स्टारमाथि भारी पर्‍यो ‘कान्तारा’, २२ औं दिनमा पनि उच्च कमाइ

काठमाडौं । शुक्रबार भारतमा तीन फिल्म रिलिज भए । जान्ह्वी कपुरको फिल्म ‘मिली’, सोनाक्षी र हुमा स्टारर ‘डबल एक्सएल’ र कट्रिना क्याफ स्टारर ‘फोन भूत’ एकसाथ प्रदर्शनमा आए ।

बक्सअफिसमा यी तीनै फिल्म एकआपसमा भिडिरहेका छन् । कट्रिनाको फिल्म ‘फोन भूत’ले २ करोड भारुको ओपनिङ गरेको छ । ‘मिली’ले ६५ लाख र ‘डबल एक्सएल’ले २५ लाख रुपैयाँको ओपनिङ गरे ।

एकातिर यी तीनै फिल्म बक्सअफिसमा प्रतिस्पर्धा गरिरहँदा अर्कोतिर दक्षिण भारतीय फिल्म ‘कान्तारा’ २२ औं दिनसम्म पनि दर्शकलाई मन परिरहेको छ । दर्शक अहिले पनि अन्य तीन फिल्मलाई छाडेर ‘कान्तारा’लाई रुचाइरहेका छन् ।

‘कान्तारा’ले बलिउडमा २२ दिनमा पनि २.१० करोड भारु कमायो । बलिउड व्यापार विश्लेषकहरु अन्य फिल्मभन्दा दर्शकले अहिले पनि ‘कान्तारा’ हेर्न रुचाइरहेको बताएका छन् । साथै, ‘कान्तारा’ आइएमडीबीमा धेरै रेटिङ पाउने फिल्म समेत बनेको छ ।

नेपालमा पनि ‘कान्तरा’ले अहिले पनि सुखद कमाइ गरिरहेको छ । तेस्रो सप्ताहन्तमा पनि कान्तराको अकुपेन्सी नेपालमा उत्कृष्ट थियो । नेपाली वितरकले फिल्मको औपचारिक कमाइ सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।



source https://www.onlinekhabar.com/2022/11/1213752

Post a Comment

0 Comments