Looking For Anything Specific?

Header Ads

बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु

२३ साउनऽ दमौली । तनहुँको देवघाट गाउँपालिका-५ क्युदीस्थित देवपुर दासढुङ्गा सडकखण्डमा बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ ।

गत साउन १७ गते बसको ठक्करबाट घाइते भएका ११ वर्षीय रिमेश तामाङको सोमबार उपचारका क्रममा मृत्यु भएको हो ।

उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

ग१क ३०३४ नंको बसको ठक्करबाट बाटोमा हिँडिरहेका तामाङ गम्भीर घाइते भएका थिए । बस चालक प्रहरी नियन्त्रणमा छन् ।



source https://www.onlinekhabar.com/2022/08/1170512

Post a Comment

0 Comments