Looking For Anything Specific?

Header Ads

हालान्डको २ गोलमा म्यानचेष्टर सिटीको विजयी सुरुआत

२३ साउन, काठमाडौं । एर्लिङ हालान्डले प्रिमियर लिग डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेपछि साविक विजेता म्यानचेष्टर सिटीले वेष्टह्यामलाई २-० ले पराजित गर्दै उपाधि रक्षा अभियान सुरु गरेको छ ।

वेष्टह्यामको मैदानमा आइतबार राति भएको भएको खेलमा हालान्डले दुवै हाफमा गोल गरे ।

२२ वर्षीय नर्वेजियन स्ट्राइमरले सिटीका प्रशिक्षक पेव ग्वार्डिओलालले चाहे जस्तो प्रदर्शन गरे ।

३६औं मिनेटमा वेष्टह्याम्का वैकल्पिक गोलकिपर अल्फेन्से अरियोलाले हालान्डलाई पेनाल्टी बक्समा फल गरेपछि प्राप्त पेनाल्टीमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

यस्तै ६५औं मिनेटमा हालान्डले केभिन डे ब्रुएनाको पासमा दोस्रो गोल गरेका थिए ।

जितपछि सिटीले तीन अंक जोडेको छ ।



source https://www.onlinekhabar.com/2022/08/1169878

Post a Comment

0 Comments