९ असार, काठमाडौं । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एक विमानमा आगो लागेको छ ।
आगलागी भएको विमानमा १२६ यात्रु सवार थिए । समयमै उद्दार भएकाले विमानमा आगलागी भए पनि तीन यात्रु सामान्य घाइते हुँदै बाँकी सबै यात्रु सुरक्षित रहे ।
मंगलबार अमेरिकी समयअनुसार साँझ साढे पाँच बजे विमान अवतरणको क्रममा ल्याण्डिङ गियर भाँचिएको थियो त्यसपछि आगलागी भएको थियो । विमान एयरपोर्टमा रहेको एउटा क्रेनसँग ठोकिएको पनि थियो ।
उक्त दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
राष्ट्रिय यातायात सुरक्षा बोर्डका अनुसार अनुसन्धान टोली दुर्घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।
समाचार संस्था एपीका अनुसार रेड एयरको उक्त विमान डोमिनिकल रिपब्लिकबाट सेन्टो डोमिंगो आएको थियो । घटनापछि केही उडान रद्द भएका थिए ।
#Florida | Plane with 126 passengers, from the Dominican Republic, caught fire after landing at #Miami airport. The MD-82 plane, Red Air Flight 203, had landed when the landing gear collapsed and caught fire. 3 people with minor injuries. pic.twitter.com/eBok7Xuwhj
— The informant (@theinformantofc) June 22, 2022
source https://www.onlinekhabar.com/2022/06/1146792
0 Comments