Looking For Anything Specific?

Header Ads

लिभरपुल एफए कपको पाँचौं चरणमा

२४ माघ, काठमाडौं । कार्डिफ सिटीलाई पराजित गर्दै लिभरपुल एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा लिभरपुलले कार्डिफ सिटीलाई ३-१ ले हरायो ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा चारै गोल दोस्रो हाफमा भएको थियो । च्याम्पियनसिप क्लब कार्डिफले पहिलो हाफमा पहिलो हाफमा लिभरपुललाई टक्कर दिएको थियो ।

लिभरपुलका लागि ५३औं मिनेटमा डिएगो जोटाले, ६८औं मिनेटमा ताकुमी मिनामिनोले ७६औं मिनेटमा हार्भे इलिओटले गोल गरे ।

कार्डिफका रुबिन कोलविलले ८०औं मिनेटमा सान्त्वना गोल फर्काए ।

लिभरपुलका नयाँ अनुबन्ध भएका खेलाडी लुइस डियाजले दोस्रो हाफमा मैदान प्रवेश गर्दै लिभरपुलका लागि डेब्यु गरे ।



source https://www.onlinekhabar.com/2022/02/1075452

Post a Comment

0 Comments