Looking For Anything Specific?

Header Ads

एसेन्सियोको गोलमा रियल विजयी

२४ माघ, काठमाडौं । मार्को एसेन्सियोले दोस्रो हाफमा गरेको एक मात्र गोलको मद्दतमा स्पानिस ला लिगाको शीर्ष स्थानको रियल मड्रिडले आइतबार भएको खेलमा ग्रानाडालाई १-० ले पराजित गरेको छ।

घरेलु मैदानमा रियललाई जिताउन दिलाउन एसेन्सियोले खेलको ७४औं मिनेटमा गोल गरेका थिए । उनले एडर मिलिटाओको पासमा गोल गरे।

पहिलो हाफमा ग्रानडाले रियललाई गोलरहित बराबरीमा रोके पनि एसेन्सियोको गोलमा रियलले ३ अंक जोड्यो ।

जितपछि लिग लिडर रियलले २३ खेलबाट ५३ अंक जोडेको छ ।

रियलले दोस्रो स्थानको सेभियामाथि ६ अंकको अग्रतासमेत बनाएको छ । ग्रानाडा २४ अंकसहित १६औं स्थानमा  छ ।

यस्तै ला लिगाकै अर्को खेलमा भियारियालले तेस्रो स्थानको रियल बेटिसलाई २-० ले पराजित गरेको छ ।

भियारियाल २३ खेलबाट ३५ अंक जोड्दै छैटौं स्थानमा उक्लेको छ । समान खेलबाट ४० अंक रहेको रियल बेटिस तेस्रो स्थानमै यथावत छ ।



source https://www.onlinekhabar.com/2022/02/1075475

Post a Comment

0 Comments