Looking For Anything Specific?

Header Ads

‘न विर्से तिमीलाई’को नयाँ भर्सनबारे अञ्जु भन्छिन्–‘दुःख लागेको छ’

गीतकार विपिन किरणले एक दशक अगाडिकोे सुपरहिट गीत ‘न बिर्से तिमीलाई न पाएँ तिमीलाई’लाई फेरि गायिका रचना रिमालकोे स्वरमा दर्शक तथा श्रोतामाझ सार्वजनिक गरे । गीत सार्वजनिक भएसँगै विपिन र रचना विवादमा तानिएका छन् ।

गायिका अञ्जु पन्तको स्वर र महेश खड्काको संगीतमा तयार भएकोे यो गीतलाई नयाँ भर्सन भन्दै सार्वजनिक गरिएपछि विवाद भएकोे होे । नयाँ भर्सनमा न त अञ्जु पन्तको नाम नै उल्लेख गरिएकोे छ न त यसलाई कभर गीत नैै भनिएकोे छ ।

योे बिषयमा आम श्रोता र संगीतकर्मीहरुले दुःख व्यक्त गरिरहेकोे समयमा गायिका अञ्जु पन्तले पनि आफ्नोे भनाई सार्वजनिक गरेकी छिन् । हाल अमेरिकामा रहेकी गायिकाले सामाजिक संजालमा लेखेकी छिन्–‘भर्खरै पुनः रकेर्ड भएर युट्युबमा सार्वजनिक भएकोे ‘न विर्से तिमीलाई न पाएँ तिमीलाई’ गजलको नयाँ भर्सन आएको खबर थाहा पाएँ । नेपाली सांगीतिक इतिहासमा अति नै लोकप्रिय जन–जनको मुटुमा बस्न सफल यो गीत पछि पुरुष स्वरमा गायक जगदिश समालले पनि गाउनुभयो । आजसम्म पनि उत्तिकै सर्वाधिक लोेकप्रिय रहेकोे यो गजललाई नयाँ गायक–गायिकालाई फरक भर्सनमा गाउनु आवश्यक थियोे कि थिएन, त्यो बिषयमा मेरोे केही भन्नु छैन । केही समय अगाडि विपिन किरण भाईले यो गजलको नयाँ एरेन्जमा मेरो स्वरमा नै रि–रेकर्ड गर्ने भन्नुभएको थियो । सोही अनुसार एरेन्जर महाराज थापाले गर्नुभएकोे नयाँ एरेन्ज मलाई पठाउनुभएको थियोे । हामी समय अनुकुल मिलाएर पुनः रेडर्क गर्ने योेजनामा थियौैं ।’

अञ्जुले विपिनले आफूलाई कभरको रुपमा किड्स भर्सन नयाँ भाई बहिनीहरुलाई गाउने दिने कुरा गरेको र यसमा आफूले खुशीसाथ हुन्छ भनेको पनि उल्लेख गरेकी छिन् ।

अञ्जुले अगाडि लेखेकी छिन्–‘अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समान कि रचना नानु लगायत सबै नव आगन्तुक कलाकारप्रति सधै स्वागत, आर्शिवाद र धेरै माया छ र रहिरहनेछ । उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजिनल गायक–गायिकाकोे नाम समेत उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक हुनु भने दुखद र अन्यायपूर्ण कुरा हो । के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाई थाहा भएन । म एक व्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलीका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौ भन्ने चिन्ता लागेको छ ।’

अञ्जुले यो बिषयमा विवाद र चर्चा नगरि दर्शक श्रोताकोे माग अनुसार समाधानको नयाँ उपाय निस्कनेमा आफू आशावादी रहेको पनि उल्लेख गरेकी छिन् । साथै, उनले भोलीका दिनमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभुती गर्ने दिन आउने छैन भनेर आशा व्यक्त गरेकी छिन् ।



source https://www.onlinekhabar.com/2022/02/1076406

Post a Comment

0 Comments