Looking For Anything Specific?

Header Ads

बेहुलो बेपत्ता भएपछि जन्ती आएको केटासँग बिहे गरिन् बेहुलीले

बेहुलो बेपत्ता भएपछि जन्ती आएको केटासँग बिहे गरिन् बेहुलीले छिमेकी मुलुक भारतमा एउटा अनौठो घटना भएको छ । बिहे समारोहबाटै बेहुला बेपत्ता भएपछि अप्ठेरोमा परेकी बेहुलीले जन्ती आएको एकजना युवकसँगै बिहे गरेकी छिन् ।

घटना भारतको उत्तरप्रदेशस्थित महाराजपुरमा भएको हो । समाचार अनुसार उक्त बिहे समारोहमा स्वयंवरको कार्यक्रम सम्पन्न भैसकेर बिहेको बाँकी अनुष्ठान सुरु गर्ने तयारी भैरहेको थियो । तर एक्कासी बेहुला चाहीँ बिहेस्थलबाट बेपत्ता भए ।

बेहुला र बेहुली दुबै तर्फका परिवारजनले बेपत्ता बेहुलाको खोजी गरे । तर फेला पार्न सकेनन् । बेहुला के कारणले त्यहाँबाट भाग्यो भन्ने थाहा भएन । तर उनी बिहे नगर्ने सोँचले त्यहाँबाट भागेको ठहर गरियो । बिहेको मण्डपबाटै बेहुला भागेपछि बेहुली विचलित भइन् । दुबैतर्फका परिवारहरु के गर्ने ? के नगर्ने ? भन्ने अवस्थामा पुगे ।

त्यसपछि त्यहाँ उपस्थित जन्ती तथा बेहुली पक्षकाले समेत जन्ती आएकामध्ये उपयुक्त युवकसँग ती बेहुलीको बिहे गरिदिने निधो गरे । त्यसपछि जन्ती आएकामध्ये बिहेका लागि इच्छुक तथा उपयुक्त युवकको खोजी गरियो अनि दुबैतर्फका अभिभावकले छलफल गरे अनि बिहे गराइयो ।

जन्ती आएको केटासँग छोरीको बिहे गराएसँगै बेहुलीका बुवाले भगौडा बेहुला र उसको परिवार विरुद्ध कारवाहीका लागि पुलिसमा मुद्दा हालेका छन् । भगौडा बेहुलाका बुवाले पनि आफ्नो छोरा खोजीपाउँ भनी पुलिसमा निवेदन दिएका छन् ।

एजेन्सीको सहयोगमा



source https://www.onlinekhabar.com/2021/05/959587

Post a Comment

0 Comments