Looking For Anything Specific?

Header Ads

फिल्म क्षेत्र चलायमान बनाउन बोर्डले कस्तो ल्याउला राहत प्याकेज ?

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएका केही क्षेत्रहरुमा चलचित्र क्षेत्र पनि पर्छ । लक डाउनका कारण सबैभन्दा चाडो बन्द भएको चलचित्र क्षेत्र खुल्न पनि समय लाग्नेछ । अरु क्षेत्र चलायमान हुन थाल्दा चलचित्र क्षेत्र कहिलेबाट चलायमान हुन्छ भन्न सकिने अवस्था छैन ।

निर्माता, कलाकार, प्राविधिक, हल संचालक, निर्देशक सबैका आ–आफ्ना समस्या छन् । समस्यै समस्याले घेरिएको समयमा चलचित्र विकास बोर्डमा निर्देशक दयाराम दाहाल नेतृत्व सम्हाल्न पुगेका छन् ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदको पदभार ग्रहण गर्दै गर्दा बोर्ड अध्यक्षले चलचित्र क्षेत्रलाई पुनः संचालनका लागि राहतको प्याकेज ल्याउने बताएका छन् ।

यो पनि पढ्नुहोस बोर्ड अध्यक्षको पदभार ग्रहण गर्दै दयारामले भने–‘सबैको साथ आवश्यक छ’

चलचित्र क्षेत्रलाई सरकारले बजेटमा गतिलोसँग सम्बोधन गर्न नसकेको अवस्थामा चलचित्र विकास बोर्डले ल्याउने राहतको प्याकेज कस्तो होला ? सबैको चासोको बिषय बनेको छ । किनकी, आफ्नै आन्तरिक श्रोतबाट चलचित्र विकास बोर्डले राहतको प्याकेज घोषणा गर्न सजिलो भने छैन ।

बोर्डमा पदभार ग्रहण गर्दै गर्दा दयारामले भने–‘सबै संघसंस्थाहरुको भावना समेटिने गरि चलचित्र विकास बोर्डको आन्तरिक श्रोतबाट चलचित्र क्षेत्रको पुनः संचालनका लागि प्याकेज घोषणा गर्नेछु ।’

बोर्ड अध्यक्षले भनेका छन्–‘अहिले हाम्रो अगाडि चलचित्र क्षेत्रलाई फेरि संचालन गर्नुपर्ने चुनौती छ । हलहरु खोल्नुपर्ने छ । निर्माताका लागि चलचित्र प्रदर्शनको वातावरण पनि बनाउनुपर्नेछ । यी काम गरेपछि मात्र चलचित्र क्षेत्रको गति अगाडि बढ्नेछ । मेरो पहिलो प्रयास चलचित्र क्षेत्रलाई फेरि संचालनमा ल्याउने नै हुनेछ ।’

दयाराम दाहालबाट चलचित्र क्षेत्रले ठूलो आशा लिएको छ । चलचित्रकर्मीहरुले दिएको शुभकामना र व्यक्त गरेको उत्साहले पनि यो कुरा प्रष्ट हुन्छ । तर, कठिन समयमा चलचित्र विकास बोर्डको अध्यक्ष पद सम्हालेका दयारामले तत्काल कस्तो योजना ल्याउनेछन्, यो भने सबैको चासोको बिषय बनेको छ ।



source https://www.onlinekhabar.com/2020/06/871541

Post a Comment

0 Comments