Looking For Anything Specific?

Header Ads

प्रकाशको वृत्तचित्रमा ‘थमिनी बढेमा’को जीवन

कान्तिपुर फिल्म एकेडेमीका सीइओ प्रकाश पुरीले ‘मैले देखेको कथा’ नामक वृत्तचित्र तयार पारेका छन् । खोटाङ्ग जिल्ला, हलेसी तुवाचुङ्ग नगरपालीकाको बिजुलेबाट पुगेर उनले यो वृत्तचीत्र तयार पारेका हुन् । जिन्दगीभरी गरिवीको चपेटामा रहेका र समाजबाट सधै अपहेलित भएकी ८५ बर्षिइ वृद्ध थमिनी बढेमाको कथालाई उनले वृत्तचित्रमा उतारेका छन् ।

प्रकाशले तयार पारेको योे डकुमेन्ट्रीमा समाजबाट सदियौदेखि छुवाछुतको भेदभाव भईरहेको, गाउँ भरीको एक मात्र दलीत तथा बिपन्न परिवारकी ८५ बर्षीय आमा थमीनी बडेमाको जिवन, भोगाई र अनुभवहरु समेटिएको छ ।

‘मैले देखेको कथा’ को ‘थमीनी बढेमा’मा देखाईए अनुसार, थमीनी बढेमा १० जना सन्तानकी आमा हुन् । उनका ८ जना बच्चा मरेर गए, २ जना बेपत्ता छन् । उनी अहिले सन्तानविहिन छिन् । उनको आफ्नो नामको जग्गा र घर छैन । गाउँ भरी भएको सुविधा धारा, बिजुली बत्ति, सडक उनको एउटा घरमा मात्रै छैन । उनी सरकारले दिन वृद्ध भत्ताको आडमा जीवनयापन गरिरहेकी छिन् ।

डोको र नाम्लोमा जिन्दगी बिताएकी छिन् । उनीसँग अब उमेर छैन, सन्तान छैनन, सम्पती छैन, संसार देखेकी छैनन, तर पनी उनलाई कुनै गुनासो छैन । प्रकाशले २० मिनेट लामो वृत्तचित्रमा उनका यस्तै भोगाई पस्केका छन् । प्रकाशले गाउँमा बसिरहँदा मोबाइलबाट खिचेर यो भिडियो तयार पारेका हुन् ।



source https://www.onlinekhabar.com/2020/06/870180

Post a Comment

0 Comments