Looking For Anything Specific?

Header Ads

सुनिलसँग काम गर्न चाहन्छन् कपिल

भारतका दुई सफल कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरले एकसाथ काम नगरेको ३ बर्ष भयो । सन् २०१७ मा अष्ट्रेलियाबाट फर्किने क्रममा हवाइजहाज भित्र भएको झगडापछि यी दुई अलग भएका थिए ।

यसपछि, यी दुबैको करिअर सुखद बन्न सकेन । तर, कपिलले आफूलाई सम्हाले र अहिले ‘दि कपिल शर्मा शो’ चलाइरहेका छन् । सुनिल पनि अन्य शोहरुमा व्यस्त छन् ।

तर, कपिलले भने अब पहिलेको सबै घटना विर्सिएको बताएका छन् । उनले एक भारतीय मिडियासँग कुराकानी गर्दै भनेका छन्–‘सुनिलसँग मेरो भेट भैरहन्छ । हामीले विभिन्न स्थानमा भेट गरेका छौ । साना–साना गल्तीका कारण सम्बन्ध सकिदैन ।’

कपिलले अगाडि भनेका छन्–‘सुनिल निकै राम्रो कलाकार हुन् । जब म कुनै कलाकारसँग काम गर्छु, मैले उनीबाट धेरै कुरा सिकेको हुन्छु । मैले, सुनिलसँग धेरै कुरा सिकेको छु । आगामी दिनमा पनि म उनीसँग कुनै नयाँ प्रोजेक्टमा काम गर्न चाहन्छु ।’

कपिलले अहिले आफूले नै संचालन गर्दा पनि ‘दि कपिल शर्मा शो’ निकै राम्रो चलेको भन्दै सुनिलसँग अन्य कुनै प्रोजेक्टमा काम गर्ने बिषयमा सोचिरहेको बताएका छन् ।
उन भोगाई



source https://www.onlinekhabar.com/2020/06/870769

Post a Comment

0 Comments