गायिका बेनिशा पौडेल र गायक जीवेश सिंह गुरुङको आवाजमा समावेश ‘फुलबुट्टे चोली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
भीम ढकालको शब्द रहेको यो गीतमा दिपक शर्माको संगीत छ । यो गीतको भिडियोमा साहिल प्रजापति, कुशल विष्ट, सुनिसा बजगाँई र जीवेशको मोडलिङ छ ।
साहिन प्रजापतिको निर्देशनमा तयार भएको यो भिडियोमा नवराज उप्रेतीको छायांकन, अर्जुन पोखरेलको सम्पादन छ ।
source https://www.onlinekhabar.com/2020/06/870776
0 Comments